Shikhar Insurance
National Life

बजेट निर्माणको सीसीटीभी फुटेज रिकोभरीका लागि फरेन्सिक ल्याब पठाइयाे

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३, मंगलवार १७:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्रालयले डिलिट भयो भनेकाे सीसीटीभी फुटेज रिकोभरीका लागि डिजिटल फरेन्सिक ल्याब पठाइएकाे छ । ‘बजेटमा बदमासी’ प्रकरणको छानबिन गर्न गठित संसदीय छानबिन समितिले जेठ १५ गतेको फुटेज रिकोवरीका लागि फरेन्सिक ल्याब पठाएकाे हो ।

समितिको मंगलबार बसेको बैठकले अर्थ मन्त्रालयसँग सीसीटीभी फुटेज संग्रह हुने सिस्टम (सफ्टवेर) नै मगाए डिजिटल फरेन्सिक ल्याब पठाउने निर्णय गरेको समितिका एक सदस्यले बताए । बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश गराएको विषयमा छानबिन गर्न गठित सो समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात मगाएर छानबिन गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आर्थिक वर्षको बजेट संसद्‌मा सार्वजनिक गर्ने अघिल्लो राति गत जेठ १४ गते बिचौलिया र व्यापारीका प्रतिनिधिलाई अनधिकृत प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको छ । उनीमाथि लागेको आरोपबारे सत्यतथ्य छानबिन गर्न सभामुख अग्निप्रसाद सापकोटाले एमालेका ४, कांग्रेस र माओवादीका २/२, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टीका १/१ सांसद रहेको समिति गठन गरेका छन् ।

समितिमा खगराज अधिकारी, प्रदीप ज्ञावाली, बिमला बिक, देवप्रसाद गुरुङ, सरला यादव, सिताराम मेहता, सुरेन्द्र यादव, पुष्पा भुसाल, शक्ति बस्नेत, भानुभक्त ढकाल र लक्ष्मणलाल कर्ण रहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्