Shikhar Insurance
National Life

राष्ट्र बैंकले दियो ७ वटा ट्राभल्स एजेन्सीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको स्वीकृति

सिंहदरबार संवाददाता
२०७९ श्रावण २, सोमबार १५:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ वटा ट्राभल एजेन्सीहरुलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको लागि स्वीकृत दिएको छ ।
राष्ट्र बैंकले गत असार १३ गते सूचना जारी गर्दै अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता कम्पनीहरुलाई दर्ता हुन भनेको थियाे ।

दर्ताका लागि आएका ट्राभल एजेन्सीहरु मध्ये रीत पुर्वक पेश भएका निवेदन र तोकिएको योग्यता पुगेका ७ वटा एजेन्सीलाई राष्ट्र बैंकले खरिद विनियमावली, २०७१ को मौजुदा सूचीमा समावेश गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गर्दै ती ट्राभल एजेन्सी कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेतारट्राभल एजेन्सीहरुको मौजुदा सुचीमा स्वीकृत भएको जनाएको छ ।

जसमा सितारा ट्राभल्स, गोचाली टुर एन्ड ट्राभल्स, रेजेन्सी नेपाल ट्राभल्स, ओर्बिट इन्टरनेसनल ट्राभल्स, सुरुची ट्राभल्स, सीलिंक र सक्सेस ट्राभल्स एन्ड टुर रहेका छन ।

यी कम्पनीहरुलाइ राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले आर्थिक वर्ष २०७९|८० को लागि मौजुदा सूचीमा समावेश गरेको हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्