Shikhar Insurance
National Life

दोब्बरले बढ्यो हरियो चुरा/पोते र मेहेन्दीको व्यापार, साउनमै किन लगाइन्छ ? यस्तो छ कारण

मीरा श्रेष्ठ
२०७९ श्रावण १, आईतवार १८:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । बजारमा हरियो, पहेलो चुरा पेतेसँगै मेहेन्दीको व्यापार ह्वात्तै बढेको छ । साउन महिना लागेसँगै काठमाडौंका मुख्य व्यापारीक क्षेत्रहरु लगायतका कस्मेटिक पसलमा चुरा पेते र मेहेन्दीको खरिद बिक्री बढेको हो ।

हिन्दु महिलाहरुले साउन महिनामा हरियो, पहेलो चुरा पेते र मेहेन्दी लगाएर महादेवको आराधना गर्दै वर्त बस्ने प्रचलन पुरानौ हो । पछिल्लो समय युवा पुस्तामा व्रत नबसेपनि हरियो, पहेलो चुरा र मेहेन्दी लगाउने प्रचलन बढ्दै गएपछि यी सामानको माग उच्च हुन पुगेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चुरा पोते लगायतका कस्मेटिक सामान पाइने काठमाडौंका मुख्य व्यापारीक क्षेत्रहरु असन, इन्द्रचोक, भोटाहिटी, पुरानो बानेश्वर लगायतका क्षेत्रका व्यापारीहरुले अन्य समयमा भन्दा साउन महिनामा चुरा पोतको व्यापार दोब्बर हुने बताउँछन् । चुरा पोतेको व्यापार १२ महिना नै गरिने भएपनि साउन महिनामै कुल व्यापारको ७५ प्रतिशत साउन महिनामा हुने असनका व्यापारी नाजिफ अख्तरमियाँ बताउँछन् ।

‘साउन महिना शुरु हुनु १ हप्ता अघिदेखि नै हरियो पहेलो चुरा र पोतेको व्यापार बढेको छ, ग्राहकको भिड बढ्ने हुँदा १ महिनाको लागि २ जना स्टाफ पनि थपेको छु,’ अख्तरले सिंहदरबारसँग भने, ‘वर्षभरी हुने व्यापारको एक तिहाई साउनमै हुन्छ, अहिले हाम्रो कमाउने समय हो दैनिक ४०/५० हजार रुपैयाँसम्मको व्यापार भइरहेको छ ।’

साउन महिनाकै लागि भनेर बैशाख महिनादेखि नै चुरा पोते र मेहेन्दी भारतबाट आयात गरि स्टोर गरेर राखेको उनको भनाइ छ ।
‘अहिले भन्सारबाट धेरै कस्मेटिक सामान ल्याउन कढाई गर्छन्, त्यसैले अहिले अलि गरेर बैशाखदेखि नै अहिलेको लागि सामान ल्याएर स्टोर गरेको थिए,’ उनले थपे, ‘पोहोरको भन्दा व्यापार अहिले धेरै भइरहेको छ, सामान पोहोरको व्यापार अड्कलेर ल्याएको थिए, अपुग होला जस्तो छ ।’

अघिल्ला वर्षहरुमा कोभिडका कारणले साउन महिनामा पनि व्यापार कम भएको तर अहिलेको वर्षभने अपेक्षाभन्दा बढी व्यापार भइरहेको उनको भनाइ छ ।

यस्तै, साउन महिनालाई नै लक्षित गर्दै नयाँ कस्मेटिक पसल खोलेकी इन्द्रचोककी नमिता श्रेष्ठले सोचेभन्दा बढी व्यापार गरिरहेकी छिन् । उनले गत असार २५ गते नयाँ कस्मेटिक पसल सुरु गरेकी हुन् । पोते र चुरा नै मुख्य व्यापारको रुपमा पसल सुरु गरेकी श्रेष्ठले एक साता नबित्दै २ लाख रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको बताइन् ।

‘नयाँ पसल व्यापार होला/नहोला शंका लागिरहेको थियो तर अहिलेको वर्ष चहलपहल बढेर होला गजब्बले व्यापार भइरहेको छ,’ श्रेष्ठले सिंहदरबारसँग भनिन्, ‘एक सातामै करिब २ लाख रुपैयाँ जतिको चुरा पोते बिक्री गरिसकेको छु । साउन महिनामा हुने चुरा पोतेको व्यापार असाध्यै हौसिएको छु, अन्य समयमा यसको आधारमात्रै भएपनि व्यापारमा राम्रो फाइदा हुने रहेछ ।’

पछिल्लो समय युवा पुस्तामा धार्मिक आस्थाले साउन महिनाको परम्परालाई निरन्तरता दिने भन्दा फेसनको रुपमा हरियो चुरा र मेहेन्दी लगाउने प्रचलनकै कारण यस्ता सामाग्रीको व्यापार अहिले ह्वात्तै बढेको प्रष्ट हुन्छ ।

साउनमा हरियो, पहेलो चुरा/पोते र मेहेन्दीको महत्व

हाम्रो नेपाली समाज विभिन्न भेषभुषा, भाषा, कला, र संस्कृतिमा धनी मानिन्छ । साउन महिनामा लगाइने हरियो, पहेलो चुरापोते पनि नेपाली महिलाहरुमाझ निकै लोकप्रिय परम्परा हो । साउन शुरु हुनु पूर्व नै महिलाहरुले हातमा हरियो चुरा र मेहेन्दी लगाउने परम्परा नै बनिसकेको देखिन्छ । यो महिना भरी हरियो रंगले विशेष महत्व राख्दछ । शास्त्रमा साउन महिनालाई महिलाहरूको शक्तिको महिना मानिएको छ । साउन महिनाको हरियो रङ्ग हाम्रो धर्ममा उर्वर शक्तिका रूपमा मानिने गरेको छ ।

ज्योतिष शास्त्रअनुसार साउनमा हरियो रङ्ग बुधबाट प्रभावित हुने गर्दछ । बुधबाट प्रभावित हुने हरियो चुराले हाम्रो भावना नियन्त्रण गर्ने काम गर्दछ । त्यसैले साउनमा मेहन्दी लगाउने वैज्ञानिक कारण पनि मानिन्छ । विशेषज्ञले हरियो रङ्गलाई शीतलता र स्फूर्ति प्रदान गर्ने रङ्ग भनेका छन् भने पौराणिक मान्यता अनुसार साउन महिना देवताहरूका पनि देवता अर्थात शिवको महिनाको रूपमा लिइन्छ ।

साउनमा हरियो, पहेलो र रातो चुरापोते एवं हरिया कपडा लगाउनुको पनि आफ्नै विशेषता रहेको छ । हरियोलाई प्रेम र वातावरणको, पहेलोलाई पवित्रताको र रातोलाई सौभाग्यको प्रतिकको रुपमा लिईन्छ । यसकारण पनि हरियो, पहेलो र रातो सम्मिश्रण गरेर लगाईएको पनि देख्न सकिन्छ ।

नेपालमा हिन्दु धर्मालम्विहरुले साउन महिनामा भगवान शिवजीको पूजा आराधाना र व्रत बस्ने परम्परा रहेको छ । यो महिनामा महिलाहरु शुद्ध साहकारी खाना खाएर प्रत्येक सोमबार व्रत बस्ने गर्दछन् । भगवान पार्वतीले साउन महिनाभरी निरहार कठोर व्रत बसी भगवान शिवलाई प्राप्त गरेको भन्ने धार्मिक विश्वास रहेको छ ।

त्यसैले पनि महिलाहरुले यस महिनालाई धार्मिक र संस्कृतिक रुपले बढी महत्व दिएको पाईन्छ । विवाहित महिलाहरु आफ्नो श्रीमानको सु–स्वास्थ्य र दिर्घायुको लागि व्रत बस्छन् भने अविवाहित महिलाहरु राम्रो वर प्राप्त होस् भनि व्रत बस्ने गर्छन् ।

चुरापोतेसँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि रहेको छ । मेहेन्दी प्रायः शुभकार्यहरुमा लगाउने परम्परा रहेको छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग बस्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास गर्नेहरु पनि उत्तिकै छन् । तर साउनमा लगाईने मेहन्दीलाई धेरैले फेसनको रुपमा लिन थालेका छन् ।

पछिल्लो समय महिलाहरूमा धार्मिक परम्परा र संस्कृतिक रुपले भन्दा पनि फेसनका लागि हरिया, पहेला चुरा र हातभरी मेहेन्दी लगाउने गरेको पाईन्छ । यो संस्कृति विस्तारै फेसनको रुपमा बढ्दै गइरहेको छ ।

आजभोली प्रेमीले प्रेमिकालाई साउन महिनामा हरिया, पहेला चुरा र कपडा गिफ्ट स्वरुप दिने गरेको पाईन्छ र प्रमिकाले पनि मेहेन्दीले आफ्नो प्रेमको नाम हातमा लेख्ने गर्दछ । परम्परागत रुपमै हरियो रंगलाई प्रेम र वातावरणको र पहेलोलाई पवित्रताका प्रतिक मानिने हुँदा फेसनकै रुपमा भएपनि अहिलेका युवतीहरुले परम्परालाई अङ्गालेको पाइन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्