Shikhar Insurance
National Life

‘पुँजी बजारको विकासका लागि मर्जर आवश्यक छ, अबका नीति सबैको हितमा नहुन सक्छ’

सिंहदरबार संवाददाता
२०७९ श्रावण १, आईतवार ११:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पुँजी बजारको विकासका लागि सुचिकृत कम्पनीहरुको मर्जर तथा प्राप्ति आवश्यक रहेको बताएका छन् । बोर्ड अध्यक्ष हमालले हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकिकृत कार्यक्रममा सो बताएका हुन् ।

तर, मर्जर तथा प्राप्तिमा जाने कम्पनीको लामो समयसम्म सेयर कारोबार रोक्का हुने विषय भने उचित नभएको भन्दै यसलाई संसोधन गर्न सम्बन्धित निकायहरुसँग छलफल शुरु गरिएको उनले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘पुँजी बजारको लागि मर्जर आवश्यक छ, मर्जरका अवधिमा कारोबार लामो समय रोक्ने कुरा ठिक भएन, हामीले नीति बनाउँदा राष्ट्र बैंक, बीमा समिति र धितोपत्र बोर्डबीच सहकार्य गर्नु आवश्यक छ ।’

राष्ट्र बैंक र बीमा समितिसँग छलफल तथा समन्यव गरी मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका कम्पनीको सेयर निश्चित समयको लागिमात्र रोक्का गर्ने व्यवस्था बोर्डले चाँडै गर्ने उनको भनाइ छ ।

पछिल्लो समयमा अर्थतन्त्रको अवस्था अनुसार नियामकहरु पनि संकटमा रहेको हुँदा आगामी नीतिगत व्यवस्था सबैको हितमा हुन नसक्ने उनको भनाइ छ ।
‘नियामकहरु पनि संकटमा छन, हाम्रा निर्णयहरु सबैका लागि ठिक नहुन सक्छन् ।’

उनले बोर्डको पहिलो प्राथमिकता नै लगानीकर्ताको हित भएको बताउँदै बजार विकासको लागि आवश्यक नीति निर्माण भइरहेको जानकारी दिए ।
‘पुँजी बजार र लगानीकर्ताको हित रक्षा हाम्रो पहिलो प्राथमिकता हो, बजारको दिगो विकास, स्थायित्व र सम्वद्र्धन गर्ने उदेश्य अनुरुप नै थप नीतिगत व्यवस्था गछौं ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्