Shikhar Insurance
National Life

प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जर समझदारी, स्वाप रेसियो १००ः७०, अध्यक्ष र सिईओ साटासाट

सिंहदरबार संवाददाता
२०७९ असार ३२, शनिबार २२:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर समझदारी बनेको छ । दुई कम्पनीले १००ः७० को रेसियोमा मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
आगामी ६ महिना भित्र एकिकृत कारोबार गर्ने तयारीसहित समझदारी गरेको कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहनेछ । कम्पनीको अध्यक्षमा अजोडका आजाद श्रेष्ठ र सिईओमा प्रभुका सञ्चित बज्राचार्य कायम रहने समझदारी बनेको अजोडका सिईओ कुमार बहादुर खत्रीले बताए ।

मर्जरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । हाल प्रभुको चुक्ता पुँजी एक अर्ब २८ करोड रुपैयाँ छ भने अजोडको एक अर्ब रुपैयाँ छ । १००ः७० को अनुपातमा स्वाप रेसियो कायम हुँदाँ नयाँ कम्पनीको चुक्ता पुँजी एक अर्ब ९८ करोड रुपैयाँ कायम हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्