काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टी निकट अनेरास्ववियूका अध्यक्ष र उपाध्यक्षले त्रिभुवन विश्वविद्यालय सुधारका लागि भन्दै सुरु गरेको आन्दोलन चौथो दिन पुगेको छ । त्रिवि उप कुलपतिको कार्यालय अगाडी आमरण अनसन बसेका उनीहरुको स्वास्थ्यमा खराबी आएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भैरहेको छ । उनीहरुले अस्पतालमै आमरणा अनसनलाई जारी राखेका छन् ।
बिहिबार एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुले अनसनरत अखिल अध्यक्ष पुराजुली र उपाध्यक्ष माधव पन्तको स्वास्थ्य अवस्था बुझेका थिए । बिहिबार नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पा लगायतको भेट गरेका छन् । अनसनरत अध्यक्ष पराजुली र उपाध्यक्ष पन्तले त्रिवि सुधारका आफ्ना मागहरु पुरा नभएसम्म अनसन जारी रहने बताए ।
प्रतिक्रिया दिनुहोस्