Shikhar Insurance
National Life

सिटिजन्स बैंकका ग्राहकलाई सत्य ओमकार डेन्टलमा १५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०७९ असार ३१, शुक्रबार ०९:४९
Hyundai
NCELL
NIMB

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले सत्य ओमकार डेण्टलमा बिशेष छुट पाउने भएका छन् । बैंक र भैरहवास्थित सत्य ओमकार डेन्टल होम प्रालि बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीसँगै सिटिजन्स बैंकका कार्डबाहकहरुले सत्य ओमकार डेन्टल होम प्रालिका विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरि आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ ।

सिटिजन्स बैंकले आफ्ना १७८ वटा शाखा, १३० वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्