Shikhar Insurance
National Life

ईलामको रोङ गाउँपालिकामा कामना सेवाको शाखा रहित बैंकिङ्ग सेवा

सिंहदरबार संवाददाता
२०७९ असार ३०, बिहीबार १९:००
Hyundai
NCELL
NIMB

ईलाम । कामना सेवा विकास बैंक लिमिटेडले ईलामको रोङ गाउँपालिकामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले २१ औं शाखारहित बैंकिङ सेवा रोङ गाँउपालिका ६ को सलकपुरमा सुरु गरेको हो ।

सलकपुर स्थित अधिकारी एग्रो बनानाज फुड जोन (प्रो. याम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त भएका छन् । वडा नं. ६ का वडा सदस्य धिरज राईले उक्त शाखा रहित बैंकिङ्ग सेवाको आरम्भ गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्