Shikhar Insurance
National Life

प्रभु र सेञ्चुरी बैंकको मर्जर यसपालिलाई टर्यो, यस्तो छ ‘नेगोसिएशन भाँडिनुका कारण

सिंहदरबार संवाददाता
२०७९ असार ३०, बिहीबार १६:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कर्मर्सियल बैंकको मर्जर यो आर्थिक वर्षको लागि टरेको छ । प्रभुसँग मर्जरको सम्झौता गर्न ‘नेगोसिएशन’ गरिरहेको सेञ्चुरीले यो आवका लागि ‘च्याप्टर क्लोज’ गरेको हो ।

सेञ्चुरी बैंकको असार ३० गते बिहिबार सञ्चालक समितिको बैठक बसेको थियो । बैठकमा प्रभु बैंकसँग मर्जरको प्रस्ताव गरिने सम्भावना यसअघि बैंक मर्जर कमिटीले गर्दै सोहि अनुसारको तयारी गरेका थिए । तर, बिहिबार (आज) बिहान बसेको सञ्चालक समितिमा मर्जरको प्रस्ताव नै नगरिएको बैंकका एक सञ्चालकले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘प्रभु बैंकसँग मर्जरको घनिभुत नेगोसिएशन चलेकै हो तर आजको बोर्ड मिटिङमा प्रस्ताव भएर पास भएको भए मर्जर सम्भव पनि हुन्थ्यो,’ सेञ्चुरी बैंकका एक सञ्चालकले सिंहदरबारसँग भने, ‘तर, आजको बोर्ड मिटिङमा मर्जरको प्रस्ताव पेश हुने त परैको कुरा सञ्चालकहरु बीच आपसमा यस विषयमा कुरा पनि उठेन ।’

यो आर्थिक वर्षभित्रै अर्को बोर्ड बैठक नबोलाइएको हुँदा अर्को आवमा मर्जरको विषय उठान हुने सम्भावना रहेको ती सञ्चालकको भनाइ छ ।
‘केही सञ्चालक साथीहरु ३/४ दिनलाई भ्याल्ली बाहिर जानु भयो,यसबीचमा बोर्ड बस्ने कुरै भएन, अब साउन पछि मर्जर हुँदा बैंकलाई फाइदा छैन,’ उनले थपे, ‘राष्ट्र बैंकले मर्जरमा जाने छुट तथा सहुलियत नपाउने भएपछि मर्जर गराउन तात्तिएर खासै उपलब्धि छैन, त्यसैले अब बैंक अर्गानिक ग्रोथमा अघि बढ्छ ।’

सेञ्चुरीले प्रभु बैंकको प्रस्तावमा चित्त नबुझेपछि मर्जरको नेगोशिएसन नै स्थगित गरिएको उनको भनाइ छ । यी बैंकहरुको मर्जर कमिटीले आपसमा मर्जर गर्ने अनौपचारीक रुपमा सहमति जुटाएका थिए । जसमा मर्जरपछि बन्ने बैंकको नाम स्वाप रेसियो, अध्यक्ष, सीइओ, सञ्चालक समिति सदस्य लगायतमा घनिभुत छलफल गरेका हुन् ।

सेञ्चरी बैंकले १ः१ को स्वाप रेसियो र सीइओ समेत सेञ्चुरी बैंकको तर्फबाटै हुनु पर्ने लगायतका शर्त राखेर उक्त छलफल टुंगाएको थियो । तर प्रभु बैंकले स्वाप सेञ्चुरी बैंकको पहिचान नै मेटिने गरी मर्जरको प्रस्ताव गरेपछि यो आवको लागि ‘च्याप्टर क्लोज’ गरिएको ती सञ्चालकले जानकारी दिए ।

‘स्वाप रेसियो र नाममा प्रभुले कम्प्रोमाइज नै गर्न नसक्ने गरी प्रस्ताव गर्यो, आफ्नो पहिचान गुमाएर अर्को बैंकमा मिसिन नजाने निर्णय गर्यौ,’ सेञ्चुरी बैंकका ती सञ्चालकले सिंहदबारसँग भने, ‘असार मसान्त अघि नै मर्जरको सम्झौता गर्ने गरी बाक्लो छलफल गरेका थियौं, अब समयपनि सकियो, अर्गानिक ग्रोथलाई नै प्राथमिकता दिन्छौं ।’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्