काठमाडौं । यूट्युब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत् ठुलो धनराशि विदेशिने महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनले औंल्याएको छ । महालेखाले ५९औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यूट्युब, टिकटक, गुगलमिट, जुम, माइक्रोसफ्ट टीम, लगायतका एप्लिकेशन प्रयोग गरेपश्चात हुने भुक्तानीबाट राज्यको ठुलो धनराशि विदेशिएकमो उल्लेख गरेको छ ।
उक्त प्रतिवेदनअनुसार नेपालबाट वैधानिक रुपमा ती एप्लीकेशन सञ्चालकहरुलाई भुक्तानी गर्ने पेमेन्ट गेटवे समेत नभएको पेटीएम, पेपाल लगायतमा क्रेडिट कार्ड र अन्तर्राष्ट्रिय विद्युतीय भुक्तानी माध्यम प्रयोग गरी रकम भुक्तानी भइरहेको छ । ती एप्लीकेशनले नेपालमा सेवा दिने भएकाले सेवा वापतको आम्दानी नेपालमै कर तिरे लानुपर्ने महालेखाले उल्लेख गरेको छ ।
साथै, यस्ता एप्लीकेशन तथा सामाजिक सञ्चाललमार्फत् हुने विज्ञापनलाई समेत करको दायरामा ल्याउन आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई महालेखाले सुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्