काठमाडौं । चन्द्रागिरी केबलकारको टिकटको मूल्य बढेको छ । साउन १ गतेदेखि लागु हुने गरि नेपाली नागरिक र दक्षिण एसिया क्षेत्र(सार्क)का नागरिकहरुका लागि टिकटको मूल्य बढेको हो । अब नेपाली नागरिकहरुले चन्द्रागिरी केबलकार चढ्दा ७ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ भने सार्क क्षेत्रका नागरिकहरुले एक हजार २ सय ८० रुपैयाँ तिर्नुपर्नेछ । यस अघि नेपाली नागरिकहरुका लागि टिकटको मूल्य ७ सय रुपैयाँ थियो । सार्क देशका नागरिकहरुका लागि एक हजार एक सय २० रुपैयाँ टिकटको मूल्य तोकिएको थियो ।
अब चिनियाँ नागरिकहरुका लागि टिकटको मूल्य १५ अमेरिकी डलर तोकिएको छ । अन्य विदेशी नागरिकहरुले भने २२ डलरको टिकट काटेपछि मात्रै चन्द्रागिरी केबलकारमा आउ-जाउ गर्न पाउनेछन् । यसरी निर्धारण गरिएको मूल्यमा कर समायोजन भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्