Shikhar Insurance
National Life

एयरपोर्ट छेउमा खुल्यो होटल ह्वाइट रेविट, पर्यटन मन्त्री भन्छन्ः डलर भित्र्याउनुस

सिंहदरबार संवाददाता
२०७९ असार २८, मंगलवार २१:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । एयरपोर्ट छेउमा होटल ह्वाइट रेविट सञ्चालनमा आएको छ । होटलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठ उद्घाटन गरेका हुन् ।
उनले देशको पयर्टन व्यवसाय प्रवद्र्धनमा होटल व्यवसायको महत्वपूर्ण योगदान रहेको बताए । साथै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै स्थापना भएको होटलले विदेशी पर्यटकलाई आकर्षित गर्दै डलर भित्र्याउने भूमिका खेल्न आग्रह गरे ।

देशको अर्थतन्त्रलाई गति दिने सबै भन्दा उत्तम विकल्प नै पर्यटन क्षेत्र भएको र रोजगारी सृजनामा समेत उल्लेख्य योगदान हुने मन्त्री श्रेष्ठको भनाई थियो । होटल संचालक केशव कुमार श्रेष्ठले २७ वटा आकर्षक र सुबिधा सम्पन्न रुमहरु रहेको जानकारी दिएका थिए । नयाँ होटल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मुल गेट अगाडी शम्भु मार्ग गेट न. २ मा रहेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्