Shikhar Insurance
National Life

सय रुपैयाँका सेयर पनि नबिक्ने अवस्था आयोः सिईओ ढकाल

सिंहदरबार संवाददाता
२०७९ असार २८, मंगलवार १८:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलका सिईओ पारसमणि ढकालले एक सय रुपैयाँ मूल्यका सेयर समेत नबिक्ने अवस्था आएको बताएका छन् । हिमालयन हाइड्रोपावरको आईपीओ बाडफाँट कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानीकर्ताको मनोबल घटेर एक सय रुपैयाँको सेयर समेत नबिक्ने अवस्था सृजना भएको बताएका हुन् ।

‘लगानीकर्ताहरुको कन्फिडेन्ट विस्तार घट्दै गैरहेको देखिन्छ, आईपीओमा २७ लाख बढिको आवेदन आउँथ्यो, अहिले १५।१६ लाखको हाराहारीमा सिमित भएको छ ।’, सिईओ ढकालले भने । उनले देशको अर्थतन्त्र श्रीलंकाको जस्तै हुने भयो भन्दै गतल हल्ला गरिएको आरोप पनि लगाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एचआईडीसीएलको २ करोड २० लाख कित्ता सेयर अक्सनमा राख्दा ५२ लाख ६५ हजार ८ सय ७८ कित्ताका लागि मात्रै आवेदन परेकोले एक सय रुपैयाँको सेयर पनि नकिन्ने अवस्थामा लगानीकर्ता पुगेको उनले दावी गरे । ‘एचआईडीसीएलको सेयर किन्न लगानीकर्ताले चासो नदेखाएको अवस्थाले कतै हामी एक सय रुपैयाँको सेयर पनि नकिन्ने अवस्थामा त पुगेका हौं की ?’, उनले प्रतिप्रश्न गरे ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्