Shikhar Insurance
National Life

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

सिंहदरबार संवाददाता
२०७९ असार २८, मंगलवार १८:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेट बीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्युआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्युआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको हो ।

सम्झौता पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका डेबिट कार्ड लगायत क्रेडिट कार्डवाहकहरुले सम्बन्धित कार्डको र्शत बन्देज तथा सुविधाको अधिनमा रहि क्युआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेछ । मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्रेडिट कार्डवाहकहरुले समेत क्युआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात

उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रणय राजभण्डारीज्यूू र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसी हस्ताक्षर गरेका हुन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्