Shikhar Insurance
National Life

२१ दिनमै वाणिज्य बैंकहरुमा १ खर्ब रुपैयाँ निक्षेप थप, सीडी व्यवस्थापनका लागि कर्जा घटाउँदै

सिंहदरबार संवाददाता
२०७९ असार २८, मंगलवार १६:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । असारको २१ दिनमै वाणिज्य बैंकहरुमा १ खर्र्ब रुपैयाँ निक्षेप थप भएको छ । सरकारले असार महिना लागेयता दैनिक खर्च बढाएसँगै वाणिज्य बैंकहरुमा निक्षेप बढ्न थालेको हो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको असार ३ गतेसम्म कुल ४३ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन असार २४ गतेसम्म आइपुग्दा ४४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

असार महिना शुरु भएसँगै निक्षेप संकलन बढेपनि वाणिज्य बैंकहरुले कर्जा प्रवाह भने घटाएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप कर्जा निक्षेप अनुपात (सीडी रेसियो) असार मसान्तमा ९० प्रतिशत कायम गर्नु पर्ने बाध्यतामा वाणिज्य बैंकहरुले थप कर्जा प्रवाह नगरेका हुन् ।

असारको २१ दिनमा वाणिज्य बैंकहरुले १४ अर्ब रुपैयाँ कर्जा घटाएका छन् । गत असार ३ गतेसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । असार २१ गतेसम्म घटेर ४१ खर्ब ७४ अर्ब रुपैयाँमा सिमित भएको छ ।

थप कर्जा नगरेरै भएपनि वाणिज्य बैंकहरुले औषत सीडी रेसियो असार २४ गतेसम्म ८८.५७ प्रतिशत कायम गरेका छन् । गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ९०.१५ प्रतिशत कायम थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्