Shikhar Insurance
National Life

तेजाब तथा घातक रासायनिक पदार्थको आयात र बिक्री वितरण अब सरकारको नियमनमा

सिंहदरबार संवाददाता
२०७९ असार २८, मंगलवार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, आयात, निर्यात, भण्डारण, बिक्री वितरण र उपयोगमा सरकारले नियमन तथा व्यवस्थापन गर्ने भएको छ ।
राष्ट्रियसभाको बैठकले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ पारित गरेसँगै यी वस्तुको उत्पाद तथा कारोबार सरकारको नियमनमा पर्ने भएको हो ।

राष्ट्रिसभाको असार २८ गते बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए भने सो प्रस्ताव सर्वसम्वत पारित भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नका जवाफ दिँदै उहाँले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या बल्झाएकाले तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्न कानुन ल्याइएको बताए ।

तेजाब र घातक रासायनिक पदार्थको उत्पादन, आयात, निर्यात, भण्डारण, बिक्री वितरण र उपयोगलाई नियमन तथा व्यवस्थापन गर्न यो विधेयक ल्याइएको जनाउँदै गृहमन्त्री खाणले विधेयक पारित भएसँगै तेजाब तथा घातक पदार्थको दुरुपयोग नियन्त्रण हुने तथा यस्ता पदार्थ दुरुपयोग गर्नेलाई आवश्यक कारबाही हुने उनको भनाइ छ ।

पाँच विधेयक टेबुल

राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पाँच विधेयक टेबुल गरिएका छन् ।

आजको बैठकमा सचिव राजेन्द्र फुँयालले ‘फौजदारी कसूर तथा फैजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’, ‘सामाजिक सुरक्षा ९पहिलो संशोधन० विधेयक, २०७९’, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन० विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६’ र ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ टेबुल गर्नुभएकोे हो । ती विधेयकमाथि राष्ट्रियसभामा छलफल हुनेछ । राष्ट्रियसभाको अर्को बैठक आजै ४५ मिनेटसम्मका लागि स्थगित भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्