Shikhar Insurance
National Life

बाँडफाँट भयो हिमालयन हाइड्रोको आईपीओ : ज्ञानुशोभा राई र सबिना लामालाई ११–११ कित्ता

सिंहदरबार संवाददाता
२०७९ असार २८, मंगलवार १०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) असार २६ गते मंगलबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले गोला प्रथामार्फत् आइपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आइपीओमा १५ लाख ९५ हजार ५५४ जनाको आवेदन परेको थियो । जसमध्ये १ लाख ८३ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताहरुले आईपीओ हात पारे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गोलाप्रथाबाट २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । ११ कित्ता पाउनेहरू ज्ञानुशोभा राई र सबिना लामा हुन् ।

प्राप्त आवेदनमा १ हजार ७५८ जनाको आवेदन रद्द भएको थियो ।

आवेदकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, मेरोसेयर र कम्पनीको वेव साइटमार्फत आइपीओको रिजल्ट हेर्न सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्