Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकद्वारा ३ नयाँ स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

सिंहदरबार संवाददाता
२०७९ असार २७, सोमबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल आषाढ २६ गते आईतबारबाट मोरङ्ग जिल्लाको केराबारी गा.पा. वडा नं. १० को थापाटारमा, सुन्दर सरैंचा न.पा. वडा नं. १२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गा.पा. वडा नं. ०१ को नमुना चोकमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

मोरङ्ग जिल्लाको केराबारी गा.पा वडा नं. १० थापाटार स्थित केराबारी भ्यु होटल एण्ड बार (प्रो. धन बहादुर लिम्बु), सुन्दर हरैंचा न.पा वडा नं. १२ शुक्रबारे स्थित आरजु कस्मेटिक एण्ड रेडिमेड (प्रो. राजन भगत) र झापा जिल्लाको बुद्ध शान्ति गा.पा. वडा नं. ०१ नमुना चोक स्थित बबि सप्लायर्स (प्रो. नन्द कुमार याफु राई) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । मोरङ्ग जिल्लाको केराबारी गा.पा वडा नं. १० का वडा अध्यक्ष पुर्ण बहादुर मगरले थापटारमा, सुन्दर हरौंचा न.पा. वडा नं. १२ का वडा अध्यक्ष रोशन प्रसाद ढकालले शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गा.पा. वडा नं. ०१ का वडा अध्यक्ष अनिल वाग्लेले नमुमा चोकमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्