Shikhar Insurance
National Life

“प्रधानमन्त्री ज्यू, आफ्नो अक्षमता लुकाउन बोर्डले पुराना ब्रोकर विस्तापित गर्दैछ न्याय दिलाइयोस्”

सिंहदरबार संवाददाता
२०७९ असार २७, सोमबार १३:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अन्याय गर्यो भन्दै धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरु प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष न्याय माग्न पुगेका छन् । बोर्डले १० गुणासम्मले पुँजी वृद्धि गर्नेे निर्देशन दिएपछि उक्त नीतिले पुराना ब्रोकरहरु विस्तापित नै हुने भन्दै गुहार माग्दै नेपाल ब्रोकर एसोशिएसनले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

बोर्डले गत साता धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन गरी नयाँ ब्रोकर कम्पनी ल्याउने बाटो खुला गरेको छ । नयाँ आउने ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी थप गर्दै पुराना कम्पनीहरुलाई पुँजी वृद्धि गर्न निर्देशन दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोर्डले हाल २ करोड रुपैयाँ पुँजी भएका ब्रोकरहरुलाई आगामी २ वर्ष भित्रले आगामी दुई वर्षभित्र आफ्नो चुक्ता पुँजी २० करोड कायम गर्नुपर्ने निर्देशन दिएको हो ।
साथै, हरेक बर्ष ब्रोकर लाइसेन्स खुलाउन सकिने छ र आवेदन दिनेमध्ये योग्यता पुगेका सबैले लाइसेन्स पाउने व्यवस्था गर्दै बोर्डले ब्रोकर लाइसेन्सको कोटा प्रणाली समेत खारेज गरेको छ ।

बोर्डले संसोधित नियमावली अर्थ मन्त्रालयमा पेश गरेको छ । भने आगामी मन्त्रिपरिषदको बैठकले उक्त नियमावली पाश गरेमा उल्लेखित व्यवस्था लागू हुनेछ ।

ब्रोकर कम्पनीहरुको संगठनले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउँदै बोर्डले उक्त नियमावलीमा संसोधन गर्न मस्यौदा गर्नुपुर्व कुनै पनि राय सुझाव नलिइ हतारोमा रातारात ल्याइएको हुँदा त्यस संसोधन गरेको हुँदा समग्र धितोपत्र बजार तथा व्यवसायिहरुको हितमा संसोधित नियमावली नरहेको उल्लेख गरेको छ ।

बोर्डले बजारलाई उकास्ने बहानाका आधारमा उक्त मस्यौदामा प्रस्ताव गरिएको धितोपत्र दलाल व्यवसयिको संख्या वृद्धिको प्रावधानले व्यवसायिलाई कुनै अवसरनै नदिइ र कुनै परिक्षणनै नगरि अयोग्यताको ट्याग लगाएर अपहेलित गर्दै व्यवसायबाट विस्थापित हुने वातावरण सृजना गरिदिएको आरोप उनीहरुको छ ।
प्रधानमन्त्रीलाई ब्रोकरहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छः

‘बिगत तिन दशकदेखि यस बजारको सारथिका रुपमा रहेका हामी व्यवसायिले ओपन आउट क्राइ, सेमि अटोमेटेड कारोबार प्रणाली हुँदै आजको अनलाइन कारोबार प्रणालीको अवलम्बन र सफल प्रयोगमा नियामक र बजार संचालकलाई पुर्ण रुपमा सहयोग गर्दै आएकै हौं । भौतिक प्रमाणपत्र कारोबार हुँदाका विभिन्न झमेला र कामको बोझ सहि रातभरी कार्यालमै बसि राफसाफ कार्यलाई नियमित गरेकै थियौं । अभौतिक धितोपत्रको मात्र कारोबार हुने ब्यव्सथा लागु गर्न लाखौंको संख्यामा रहेका प्रमाणपत्रहरुको बिना कुनै शुल्क अभौतिकिकरण गरेकौ हौं । राफसाफ प्रत्याभूति कोष र अक्सन मार्केट जस्ता बजारका आधारभुत पुर्वाधारहरुको स्थापनामा नियामक र बजार संचालकनै अग्रसर नदेखिएको अवस्थामा पनि आफ्नो जायजेथाबाट क्षति व्यहोरेरै भए पनि बिगत तिन दशकमा कुनै पनि लगानीकर्ताले खरिद गरेको एक कित्ता शेयर र बिक्रि गरेको एक रुपैयाँ नगद गुमाउनु पर्ने अवस्थाको सृजना हुन नदिइ बजारको विश्वसनियता कायम गरेकैहौं । बजारका यति बिघ्न बाधाब्यवधानहरु सहेर बजारलाई आजको यो अवस्थामा ल्याएका हामी व्यवसायिलाई आज काम गर्न केहि सहज परिस्थितिको सृजना हुनेबित्तिकै कुनै अवसरनै नदिइ कुनै परिक्षणनै नगरि अयोग्यताको ट्याग लगाएर अपहेलित गर्दै व्यवसायबाट विस्थापित हुने बाताबरणको सृजना गरिदा आजको नेपाल धितोपत्र बोर्डले बजारको सम्पुर्ण इतिहास बिर्सिएर हामीलाई राम्रो पुरस्कार दिएकोछ भन्ने हामीलाई लागेको छ । यसबाट हामी अत्यन्तै मर्माहित भएकाछौं ।’

नियामकले अध्ययन बिना नै पुराना ब्रोकर कम्पनीहरुलाई झुठो आरोप लगाइ अयोग्य ठहर गरेको उनीहरुको गुनासो छ ।

बजारको बिस्तारका लागि अन्तर्राष्ट्रिय अभ्यास अनुसार सब ब्रोकर, आधिकारिक प्रतिनिधि र शाखा रहित बैंकिङका लागि बाटो खोलिदिन बारम्बार अनुरोध गर्दा बोर्डले पुर्णरुपमा बेवास्ता गर्दै नयाँ कम्पनीहरु भित्र्याउन खोजेको उनीहरुको गुनासो छ । साथै, शाखा खोल्न समेत सिमित ब्रोकरलाई मात्र अनुमति दिएको भन्दै बोर्ड नै असक्षम नियामक भएको उनीहरुको बुझाइ छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्