Shikhar Insurance
National Life

तत्कालै कसैसँग पनि पार्टी एकता हुन्नः अध्यक्ष नेपाल

सिंहदरबार संवाददाता
२०७९ असार २७, सोमबार ११:५१
Hyundai
NCELL
NIMB

कैलाली । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कसैसँग पनि पार्टी एकता नहुने स्पष्ट पारेका छन् । कैलालीको धनगढीमा पत्रकारहरुसँगको भेटघाटमा अध्यक्ष नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नगर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले आगामी निर्वाचनमा सम्म एकता सम्भव नभएको तर वाम शक्तिहरूबीचको एकता आवश्यक रहेको बताए ।
उनले अग्रगमनका पक्षधर र समाजवादी यात्राका सहयात्रीहरुसँग समन्वय र सहकार्य हुने पनि स्पष्ट पारे । चुनावसम्म पाँच दलिय गठबन्धन झनै बलियो बनेर जाने पनि अध्यक्ष नेपालको दावी थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्