Shikhar Insurance
National Life

गभर्नर सा’ब, सबल अर्थतन्त्रका लागि ४/१२ खारेजीको विचार गर्नुस्ः अर्थ समिति सभापति

सिंहदरबार संवाददाता
२०७९ असार २७, सोमबार १०:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । संसदको अर्थ समितिका सभापति कृष्ण दाहालले सेयर धितो कर्जाको ४/१२ सम्बन्धी व्यवस्था खारेज गर्न नेपाल राष्ट्र बैंकले विचार गर्न निर्देशन दिएका छन् ।

सोमबार आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल गर्न आयोजीत बैठकमा सभापति दाहालले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई मौद्रिक नीतिमार्फत् सेयर कर्जाको ४/१२ नीति खारेज गर्दा के हुन्छ ? प्रश्न गर्दै त्यसबारे विचार गर्न निर्देशन दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘पुँजी बजारमा ४/१२ नीतिले गर्दा हामी ढुब्यौं खतम भयौँ भनेर लगानीकर्ताको हाहाकार छ, यो नीतिको सन्दर्भ राष्ट्र बैंकको के छ ?सबल अर्थतन्त्र निर्माणको लागि ४/१२ खारेज गर्दा के असर पर्छ ? र के गर्न सकिन्छ ? विचार गरौं ।’

उनले लाखौं लगानीकर्ताको खर्बौ रकम डुबेको बताउँदै सो नीति खारेज सम्बन्धि विचार गर्न गभर्नर अधिकारीलाई निर्देशन दिएका हुन् । उनले बैंक तथा वित्तीय संस्थाहरुले प्रवाहित कर्जाको मुल्यांकन गर्दै सिमित व्यक्ति तथा घरनाले उपयोग भए/नभएको एकिन गर्न निर्देशन दिएका छन् । साथै, सभापति दाहालले निर्यातमा अटो रिफण्डको बारेमा समेत पुनर विचार गर्न निर्देशन दिएका छन् ।

सुरुमा गभर्नरले आगामी मौद्रिक नीतिबारे आफ्ना धारणा राखेका थिए । गभर्नरको धारणापछि सांसदहरुले आफ्ना जिज्ञासा र धारणा प्रस्तुत गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्