काठमाडौ । नेपाल बंगला देश बैंकले ठुलो संख्यामा कर्मचारीले स्वेच्छिक अवकाश लिएका छन् । बैंकले नबिलसंग प्राप्तिमा जानु अघि ट्रेनी असिस्टेन्ट तहदेखि उच्च व्यवस्थापन तहसम्मका ६२ जना कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको हो ।
एनबि बैंकलाई नबिल बैंकले प्राप्ति गरि असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ । एकीकृत कारोबार सुरु गर्ने दिनदेखि नै लागू हुनेगरी डेपुटी सीइओ, डिजिएम लगायत ५ जना उच्च व्यवस्थापनका कर्मचारी, अधिकृत तह, म्यानेजर तह, असिस्टेन्ट तह र मेसेन्जर र सवारी चालकलाई अवकाश दिएको हो । स्वेच्छिक अवकाश लिनेमा बैंकका डिसिईओ सुरेन्द्र भुषण श्रेष्ठ र डीजीएम सलोनीका सिंह समेत रहेका छन् ।
स्वेच्छिक अवकाशको बाटो रोज्ने कर्मचारीलाई एनबि बैंकले १५ महिना देखि ३० महिनासम्मको सेवा सुविधा दिने भएको छ । जसमा मेसेन्जर तथा सवारी चालकको लागि ३० महिना तथा त्योभन्दा माथिल्लो तहका कर्मचारीलाई २४ महिना, सहायक तहका लागि २१ महिनाको तलव अधिकृत तहको लागि १८ महिनाको तलव र कार्यकारी तहका कर्मचारीको लागि १५ महिनाको तलब एकमुष्ठ दिने भएको हो ।
प्रतिक्रिया दिनुहोस्