काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले अधिक प्रिमियम असुलेर व्यवसायीहरुलाई दुःखको दिईरहेको आरोप लगाएका छन् । महासंघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा उनले पहिले नै सम्झौता भएको आधार ब्याजदर र प्रिमियमको दरमा अतिरिक्त शुल्क असुलेको आरोप लगाएका हुन् ।
महासंघमा बैंकहरुले अतिरिक्त शुल्क नलिई ऋण नदिएको सम्बन्धि दर्जनौं उजुरी आएको पनि अध्यक्ष गोल्छाले जानकारी दिए । उनले बैंकहरुको ज्यादती रोक्न राष्ट्र बैंकले हस्तक्षेप गर्नु पर्नेमा पनि उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्