Shikhar Insurance
National Life

प्रभु र सेञ्चुरी बैंक मर्जरको ‘च्याप्टर क्लोज’ हुुँदै, अर्गानिक ग्रोथलाई प्राथमिकता

सिंहदरबार संवाददाता
२०७९ असार २६, आईतवार १३:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । आपसमा मर्जरको अन्तिम तयारी गरिरहेका प्रभु र सेञ्चुरी बैंकले ‘च्याप्टर क्लोज’ गर्ने भएका हुन्। प्रभु बैंकको प्रस्तावमा चित्त नबुझेपछि सेञ्चुरी बैंकले मर्जरको नेगोशिएसन नै स्थगित गरेको हो ।

यी बैंकहरुको मर्जर कमिटीले आपसमा मर्जर गर्ने अनौपचारीक रुपमा सहमति जुटाएका थिए । जसमा मर्जरपछि बन्ने बैंकको नाम स्वाप रेसियो, अध्यक्ष, सीइओ, सञ्चालक समिति सदस्य लगायतमा घनिभुत छलफल गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेञ्चरी बैंकले १ः१ को स्वाप रेसियो र सीइओ समेत सेञ्चुरी बैंकको तर्फबाटै हुनु पर्ने लगायतका शर्त राखेर उक्त छलफल टुंगाएको थियो । तर प्रभु बैंकले १००ः९५ प्रतिशत स्वाप रेसियोमा बैंकको पहिचान नै मेटिने गरी मर्जरको प्रस्ताव गरेपछि ‘च्यापटर क्लोज’ गर्न लागिएको सेञ्चुरी बैंकका एक सञ्चालकले बताए ।

‘स्वाप रेसियो र नाममा प्रभुले कम्प्रोमाइज नै गर्न नसक्ने गरी प्रस्ताव गर्यो, आफ्नो पहिचान गुमाएर अर्को बैंकमा मिसिन नजाने निर्णय गर्यौ,’ सेञ्चुरी बैंकका ती सञ्चालकले सिंहदबारसँग भने, ‘असार मसान्त अघि नै मर्जरको सम्झौता गर्ने गरी बाक्लो छलफल गरेका थियौं, अब समयपनि सकिन लाग्यो, अर्गानिक ग्रोथलाई नै प्राथमिकता दिन्छौं ।’

सेञ्चुरी बैंक सञ्चालक समितिका २ जना सदस्य नेपाल बाहिर भएको र असार मसान्त अगावै फर्किने कुनै टुंगो छैन । त्यसैले ती सदस्यको उपस्थिति बिना बोर्ड नबस्ने हुँदा मर्जरको प्रस्ताव असार मसान्त अगावै पास हुने सम्भावना समेत न्यून रहेको ती सञ्चालकको भनाइ छ ।

‘प्रभुसँग एक साता बढी भयो मर्जरको बिषयमा औपचारीक छलफल नभएको सायद अब छलफल हुँदैन पनि, सेञ्चुरी आगामी दिनमा मर्जरबाट ग्रोथ खोज्नेमा भन्दा अर्गानिक ग्रोथमा जान्छ । आगामी असार मसान्तसम्म बैंकले २ अर्ब खुद नाफा पुर्याउने सम्भावना छ ।’

नेपाल राष्ट्र बैंकले २०७९ असार मसान्तभित्र मर्जरमा जाने सम्झौता गर्ने वाणिज्य बैंकहरुलाई यसअघि दिँदै आएको सुविधा समाप्त हुँदैछ । भने सो सुविधा आगामी आवदेखि कटैती हुन सक्ने संकते गभर्नर अधिकारीले यस अघि नै दिएका छन् । साउन १ गतेदेखि हुने मर्जरको सम्झौतामा सो सुविधा उपयोग गर्न नपाउने सम्भावना देखेपछि सेञ्चुरी बैंकले पछि हट्न खोजेको हो ।

बैंकले आगामी दिनमा मर्जरको पार्टनर खोजीमा समय बवार्द नगर्ने भन्दै सेञ्चुरी बैंकका ती सञ्चालकले प्रभुसँगको मर्जर नेगोशिएसन भाँडिएको जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्