Shikhar Insurance
National Life

एनआईसी एशियाले बचतकर्तालाई दियो ३० लाख बीमा रकम, ‘प्रचण्ड’ले पनि पाए १० लाख

सिंहदरबार संवाददाता
२०७९ असार २४, शुक्रबार १९:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोल्ने ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत ३० लाख रुपैयाँ उपलब्ध गराएको छ । बैंकले सर्वेश्रेष्ठ बचत खाता खोलेका तीन जनालाई प्रति व्यक्ति १० लाखका दरले घातक रोग बीमा दावी भुक्तानी दिएको हो ।

बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोल्ने हरिन्द्र शाह तेली, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोल्ने प्रचण्ड जंग शाह र काठमाडौंको थली शाखामा सर्वश्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोल्ने सञ्जित तामाङले १०।१० लाख प्राप्त गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १,१३७ जना भन्दा बढी ग्राहकहरुले घातक रोग बीमा वापत २ करोड ४० लाख, दुर्घटना बीमा वापत ४० लाख र मेडिकल बीमा वापत २ करोड ६९ लाख गरी कुल ५ करोड ४९ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ल्याएको छ ।
यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस÷सी आइपिएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गर्ने अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकको मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्