Shikhar Insurance
National Life

मौद्रिक नीतिबारे छलफल गर्न अर्थ समितिले बोलायो गभर्नर, प्रधानमन्त्रीको हस्तक्षेप बढ्दै

सिंहदरबार संवाददाता
२०७९ असार २४, शुक्रबार १८:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल गर्न संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएको छ । समितिले सोमबार बिहान मौद्रिक नीतिबारे छलफल गर्न गभर्नरसहितको टिमलाई बोलाएको हो ।

व्यवसायीहरुले मौद्रिक नीतिबारे गभर्नरलाई दबाव दिन प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्न थालेपछि अर्थ समिति पनि तातेको हो ।
प्रधानमन्त्री शेर बहादुर देउवाले सेयर बजारका लगानीकर्तासँगको भेटपछि गभर्नरलाई फोन गरेका थिए । त्यस्तै, अटोमोबाइल व्यवसायीहरुसँगको भेटपछि बाणिज्य मन्त्रालयमा फोन गरेर गाडी आयात खुलाउने तयारी गर्न भनेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल, प्रधानमन्त्री देउवाले नै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई समावेश गरेको आरोप लागेपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएसँगै देउवाले नै सो मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि आवश्यक तयारी तथा छलफल गरिरहेको छ । सिधै प्रधानमन्त्रीले मन्त्रालय सम्हालेपछि जनार्दन शर्माबाट गभर्नरले मुक्ति पाएका छन् । तर जनार्दन शर्मालाई ‘क्रस’ गरेर आफु अनुकुल नीति ल्याउने तयारीमा रहेका गभर्नरले प्रधानमन्त्री देउवालाई भने टार्न सक्ने सम्भावना न्युन देखिन्छ ।

सेयर बजारका लगानीकर्ताहरुले सेयर धितो कर्जाको सिमा ४/१२ लाई हटाउनुपर्ने र त्यस्तो ऋणको भारित जोखिम(रिस्क वेटेज)लाई हालकै अवस्थामै निरन्तरता दिनुपर्ने माग गरेका थिए । लगानीकर्ताको सो माग प्रति प्रधानमन्त्री देउवाले सकारात्मक प्रतिक्रिया जनाएको लगानीकर्ता सम्वद्ध नेताहरुले बताउँदै आएका छन् ।

त्यस्तै, अटो मोबाइल व्यवसायीहरुले साउनदेखि निजी सवारी साधनहरुको आयात खुलाउन माग गर्दा प्रधानमन्त्री देउवाले बाणिज्य सचिवलाई फोनै गरेर साउनबाट त्यस्तो व्यवस्था कार्यान्वयन गर्न भनेको श्रोत बताउँछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्