Shikhar Insurance
National Life

हिमालयन र सिभिललाई कारवाही गर्दै नेप्से, मर्जर भन्दै ‘मिसलिड’ गरे इन्साइडरको शंका

सिंहदरबार संवाददाता
२०७९ असार २४, शुक्रबार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले हिमालयन बैंक र सिभिल बैंकलाई कारवाहीको दायरामा ल्याउने भएको छ । मर्जरको गोप्य सुचना चुहाएर सेयर बजार प्रभावित गरेको भन्दै नेप्सेले कारवाही गर्न लागेको हो ।

हिमालयन बैंक र सिभिल बैंक मर्जर तथा प्राप्तिको नेगोशिएसनमा विगत ४ महिनादेखि छन् । स्वाप रेसियोलाई मौखिक सहमतिमा सिमित गरी सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव हिमालयन बैंकले असार २३ गत बिहिबार गर्यो । हिमालयनले सिभिललाई १००ः८१ प्रतिशतमा प्राप्ति गर्ने सम्झौता शुक्रबार काठमाडौंको सोल्टी होटलमा तय भएको थियो । जसको जानकारी हिमालयन बैंकले पत्रकारहरुलाई समेत गराएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर, असार २४ गते हिमालयन बैंक र सिभिलबीच प्राप्तिको सम्झौता भएन । हिमालन बैंकका संचालकहरुले सिभिललाई दोष देखाउँदै सम्झौताको प्रक्रिया स्थगित भएको सञ्चार माध्यमहरुलाई बताइरहेका छन् । यी बैंकहरुको मर्जरमो प्रस्ताव बैंक संचालकले पास गरेपनि सम्झौता प्रक्रिया सम्पन्न नहुँदासम्म गोप्य नै राख्नु पर्ने भएपनि यी बैंकको हकमा सो नभएपछि कारवाहीको दायरामा ल्याउन लागिएको नेप्सेका सीइओ कृष्ण बहादुर कार्कीले बताए ।

‘सम्झौता के कारणले भएन हामी त्यो हेर्ने भन्दा गोप्य सुचना किन चुहाइयो त्यसको छानबिन गछौं,’ नेप्सेका सीइओ कार्कीले सिंहदरबारसँग भने, ‘मर्जरको हल्ला चलाएर सेयर बजार प्रभावित गर्ने सिभिल र हिमालयन बैंकलाई आइतबार पत्रमार्फत् स्पष्टिकरण सोध्छौं भने इन्साइडर नेप्सेको कारवाहीमा पर्दै हिमालयन र सिभिल बैंक, मर्जरका लागि एमओयू गर्छु भन्दै इन्साइडर ट्रेडिङ  भए/नभएको अध्ययन गर्न छानबिन हुन्छ ।’

छलफलकै क्रममा रहेको मर्जर प्रक्रिया दुबै पक्षले पुर्ण सहमत भएर आधिकारी रुपमा सम्झौतापत्र हस्ताक्षण गर्नुअघि नै नेप्सेमा जानकारी गराउनु पर्ने उनले बताए । तर, दुबै पक्षबीच आधिकारीक सहमति नभइ सम्झौता गर्दै छु भनेर हल्ला फैलाउनु गैरकानूनी भएको हुँदा यी बैंकहरुलाई कारवाहीका दायरामा ल्याइने उनको भनाइ छ ।

‘हामीले प्रारम्भिक छानबिन गरेर धितोपत्र बोर्डलाई प्रतिवेदन बुझाउँछौं, छानबिनको क्रममा यी दुबै बैंकको सेयर कारोबार रोक्का पनि हुन सक्छ,’ उनले थपे, ‘सेयर मूल्य बढाउनकै लागि चलखेल गरेका पुष्टि भयो भने धितोपत्र ऐन, २०६३ ले तोकेको कारवाही हुन्छ ।’

सेयर बजारमा असर पर्ने कुनै निर्णय भएमा नेप्सेलाई तुरुन्तै जानकारी गराउनु पर्ने व्यवस्था छ । यसरी कुनै बैंकले मर्जरमा जाने निर्णय वा सहमति गरे नेप्सेलाई तत्कालै जानकारी गराउनु पर्छ ।

त्यसपछि नेप्सेले कारोबार रोक्का गर्छ । तर, हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव बोर्ड बैठकले पास गरेको समेत जानकारी नगाएको उनले बताए । आइतबार सार्वजनिक बिदाभएको हुँदा नेप्सेले आइतबार नै पत्राचार गर्दै यी दुबै बैंकलाई धितोपत्र ऐन, २०६३ को व्यवस्था अनुसार आइतबार कारोबार खुल्नुुअघि नै जवाफ पेश गर्न निर्देशन दिने सीइओ कार्कीले जानकारी दिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्