Shikhar Insurance
National Life

एमओयुको समय र स्थान नै तोकेपछि हिमालयनले सिभिल प्राप्ति गर्ने प्रक्रिया स्थगित

सिंहदरबार संवाददाता
२०७९ असार २४, शुक्रबार १३:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्राप्ति सम्बन्धी समझदारी पत्र(एमओयु)मा हस्ताक्षर गर्ने समय र स्थान नै तोकिसकेपछि हिमालयन र सिभिल बैंकबीचको प्राप्ति सम्झौता रोकिएको छ । हिमालयन बैंक सम्वद्ध सञ्चालकहरुले शुक्रबार अपरान्ह १ बजे सोल्टी होटलमा एमओयु गर्ने तय भएको बताएका थिए । तर एकाएक घट्नाक्रमले नयाँ मोड लिएपछि एमओयुमा हस्ताक्षर गर्ने कार्यक्रम स्थगित भएको हो ।

हिमालयन बैंक संचालक समितिले सिभिललाई प्राप्तिको प्रस्ताव स्वाप रेसियो उल्लेख नगरी पास गरेको थियो । सिभिलसँग मौखिक रुपमा तय गरिएको स्वाप रेसियो राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति दिएपछि गरिने सम्पती दायित्व मुल्यांकन (डिडिए)को रिपोर्ट अनुसार परिवर्तन गर्ने बाटो हिमालयनले राखेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकको मर्जर तथा प्राप्ति विनियमावली, २०७३ अनुसार डिडिए रिपोर्टले देखाएको स्वाप रेसियोमा १० प्रतिशत तलमाथि गर्न मिल्छ । सोही अनुसार बैंक तथा वित्तीय संस्थाहरुले डिडिए रिपोर्टले देखाएको स्वाप रेसियोमा मिलन हुने गरीको आंकलन गरी प्रारम्भिक सम्झौतामा स्वाप रेसियो तय गर्छन् । तर, १० प्रतिशतभन्दा बढी तलमाथि हुने भएमा डिडिए रिपोर्टले नै देखाएको स्वाप रेसियोमा मर्जर तथा प्राप्ति सम्पन्न गर्नु पर्ने हुन्छ ।

तर, हिमालयन बैंकले भने १० प्रतिशतको मार्जिनको बाटोलाई समेत बन्द गर्दै डिडिए रिपोर्टले देखाउने स्वाप रेसियो नै अन्तिम हुने शर्त राखेको हिमालयन बैंकका संचालक बताउँछन् ।

‘अहिले हामीले ८१ भनेका छौं, यदी डिडिए रिपोर्टमा ९५ वा १०० आएपनि हामी दिन तयार छौं । तर, सोभन्दा तल आउने कुरामा पनि सिभिल बैंक तयार हुन पर्यो ।’
सिभिल बैंकले मौखिक रुपमा तय गरिएको स्वाप रेसियोलाई नै अन्तिम मान्न भनेपछि त्यसमा हिमालयन बैंक असहमत भएको ती संचालकको भनाइ छ ।

स्वाप रेसियोको नेगोशिएसनले गर्दा सम्झौताको स्थान र समय नै तय भएर पनि हिमालयन सिभिल प्राप्ति प्रक्रिया भाँडिन लागेको प्रष्ट भएको छ । अहिलेसम्म कतिपय बैंक तथा वित्तीय संस्थाहरु प्रारम्भिक सम्झौता अनुसारको डिडिए रिपोर्ट नआएकै कारणले स्वाप रेसियोमा चित्त नबुझाएर भाँडिएका पनि छन् ।

करिब १ वर्षसम्म नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको प्रक्रिया चलाएर स्वाप रेसियो नै घटाउनु अडान राख्दै हिमालयन बैंकले मर्जर भाँडेको थियो । इन्भेष्टमेण्टसँग १ः१ को स्वाप रेसियोमा मर्जरको सहमति गरेपनि अन्तिम स्वीकृति लिन भने पुनः डिडिए गराएर स्वाप रेसियो ७८ मात्र दिने प्रस्ताव हिमालयन बैंकले गरेको थियो ।

तर, अहिले पुँजीमा होस् या व्यवसायीक आकार र लगानीकर्ताको प्रतिफल दिने सुचांकमा इन्भेष्टमेण्टभन्दा धेरै तल रहेको सिभिललाई ८१ प्रतिशतसम्म दिन हिमालयन मौखिक रुपमा भएपनि सिभिल बैंकले त्यसलाई लिखित सम्झौता पत्रमै उल्लेख गर्नु पर्ने शर्त राख्दै प्रक्रियाबाट पछि हटेको देखिन्छ ।

हिमालयन बैंकसँग मर्जरको नेगोशिएसन मात्र गरिएको तर स्वाप रेसियो वा सम्झौता पत्रमा हस्ताक्षण गर्ने गरी अन्तिम टुंगो नलागेको सिभिल बैंकका ती सञ्चालकको भनाइ छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्