Shikhar Insurance
National Life

अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बिक्री खुला

सिंहदरबार संवाददाता
२०७९ असार २४, शुक्रबार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ । कम्पनीले सर्वधारणहरुका लागि असार २८ गतेसम्म बिक्री खुला गरेको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरका १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गरेको छ । जसमध्ये ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आवेदकले कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्