Shikhar Insurance
National Life

नेपाल–चिन लगानी सम्मेलन गर्दै महासंघ, चिनियाँ लगानी बढाउने

सिंहदरबार संवाददाता
२०७९ असार २३, बिहीबार १८:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले नेपाल–चिन लगानी सम्मेलन गर्ने भएको छ । नेपालमा चिनियाँ लगानी बढाउने उदेश्यसहित आयोजना हुने सम्मेलनमा चिनका प्रतिष्ठित उद्यमी व्यवसायीहरु सहभागी गराउने योजना महासंघले बनाएको हो ।

महासंघका कार्यवाहक अध्यक्ष ढकाल र जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठबीच महासंघमा भएको भेटमा नेपाल–चिन लगानी सम्मेलनमा सहयोग गर्न आग्रह गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महासंघले नेपाल–चिन लगानी सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न चाहेकाले बेईजिङस्थित नेपाली दुताबासले आवश्यक सहयोग गरिदिन आग्रह गरे ।

महासंघले सम्मेलनलाई उच्च प्राथमिकतामा राखेर आयोजना गर्न लागेको छ, राजदूतबाट नेतृत्वदायी भूमिकाको हामीले अपेक्षा गरेका छौं, कार्यवाहक अध्यक्ष ढकालले भने ।

नेपालमा चिनियाँ लगानी प्रवद्र्घन गर्न आवश्यक रहेकोमा पनि उनको विशेष जोड थियो । कोभिड पछि आएको विश्वव्यापी मन्दीको परिवेशमा नेपालको बैंकिङ प्रणालीमा टेवा पुर्याउन पनि चिनिया लगानी ल्याउने कार्यमा हाम्रो कुटनीति सक्रिय रुपमा लाग्नु पर्ने उनको सुझाव थियो । कार्यवाहक अध्यक्ष ढकालले नेपाली वस्तुहरुको चीनमा निर्यात प्रवद्र्धन गर्ने कार्यमा र नेपालमा चिनीया पर्यटन बढाउन राजदूतावासको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।

कार्यवाहक अध्यक्षले महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ र अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया परिषद बीच प्रगाढ सम्बन्धलाई थप उपलब्धिमूलक बनाउनुपर्नेमा पनि जोड दिएका थिए । राजदूत श्रेष्ठले महासंघसंगको भेटघाट उपलव्धीमुलक भएको बताए । उनले भेटवार्ताका क्रममा महासंघबाट आएका सुझावलाई आफूलेप्राथमिकताका साथ अगाडि लैजाने विश्वास दिलाए । उनले कृषि क्षेत्रको विकासको लागि सहकार्य गर्न चिनियां प्रविधि तथा लगानी भित्राउनुका साथै अनुसन्धानमा सहकार्य गर्ने आफ्नो प्राथमिकताको एक पक्ष रहेको पनि सुनाएका थिए ।

साथै उनले नेपाली वस्तुको माग रहेका चीनका लक्षित प्रान्त एवं बजारसंग आर्थिक व्यावसायिक सम्बन्ध गाँस्ने रणनीति सहित नेपाली निर्यात चीनमा बढाउने आफ्नो योजना रहेको उनले बताए । सो भेटवार्तामा महासंघका पूर्व अध्यक्ष एवं नेपाल चीन गैह्र सरकारी सहयोग मंचका सहसभापति बिनोद बहादुर श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष सुरज बैद्य, महासंघका महानिर्देशक गोकर्ण राज अवस्थी र उपनिर्देशक अरुण श्रेष्ठको उपस्थिति थियो

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्