Shikhar Insurance
National Life

हिमालयन–सिभिल प्राप्ति सम्झौता शुक्रबार, स्वाप रेसियो १ः०.८१ नै

डिडिए रिपोर्टअनुसार स्वाप रेसियो परिवर्तन हुने
सिंहदरबार संवाददाता
२०७९ असार २३, बिहीबार १७:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । अन्ततः हिमालयन बैंकले सिभिल बैंकलार्ए प्राप्ति गर्ने भएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको हो ।

सिभिललाई १००ः८१ प्रतिशत स्वाप रेसियोमा प्राप्ति गर्ने मौखिक सहमति भएको हिमालयन बैंकका एक सञ्चालकले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘संचालक समितिको माइन्युटमा सिभिल बैंकलाई प्राप्ति गर्ने भन्ने प्रस्तावलाई मात्र आज पाश गरिएको हो,’ हिमालयन बैंकका संचालकले सिंहदरबारसँग भने, ‘भोली दिउँसो होटल सोल्टीमा सम्झौता पत्रमा हस्ताक्षण गर्ने कार्यक्रा तय गरिएको छ ।’

मौखिक रुपमा तय गरिएको स्वाप रेसियो राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति दिएपछि गरिने सम्पती दायित्व मुल्यांकन (डिडिको रिपोर्ट अनुसार परिवर्तन समेत हुन सक्ने उनको भनाइ छ ।

राष्ट्र बैंकको मर्जर तथा प्राप्ति विनियमावली, २०७३ अनुसार डिडिए रिपोर्टले देखाएको स्वाप रेसियोमा १० प्रतिशत तलमाथि गर्न मिल्छ । सोी अनुसार बैंक तथा वित्तीय संस्थाहरुले डिडिए रिपोर्टले देखाएको स्वाप रेसियोमा मिलन हुने गरीको आंकलन गरी प्रारम्भिक सम्झौतामा स्वाप रेसियो तय गर्छन् । तर, १० प्रतिशतभन्दा बढी तलमाथि हुने भएमा डिडिए रिपोर्टले नै देखाएको स्वाप रेसियोमा मर्जर तथा प्राप्ति सम्पन्न गर्नु पर्ने हुन्छ ।

अहिलेसम्म कतिपय बैंक तथा वित्तीय संस्थाहरु प्रारम्भिक सम्झौता अनुसारको डिडिए रिपोर्ट नआएकै कारणले स्वाप रेसियोमा चित्त नबुझाएर भाँडिएका पनि छन् ।

करिब १ वर्षसम्म नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको प्रक्रिया चलाएर स्वाप रेसियो नै घटाउनु अडान राख्दै हिमालयन बैंकले मर्जर भाँडेको थियो । इन्भेष्टमेण्टसँग १ः१ को स्वाप रेसियोमा मर्जरको सहमति गरेपनि अन्तिम स्वीकृति लिन भने पुनः डिडिए गराएर स्वाप रेसियो ७८ मात्र दिने प्रस्ताव हिमालयन बैंकले गरेको थियो ।

तर, अहिले पुँजीमा होस् या व्यवसायीक आकार र लगानीकर्ताको प्रतिफल दिने सुचांकमा इन्भेष्टमेण्टभन्दा धेरै तल रहेको सिभिललाई ८१ प्रतिशतसम्म दिन हिमालयन राजी भएको छ ।

उसो त इन्भेष्टमेण्टसँग मर्जरको नेगोशिएसन शुरु गर्नुभन्दा अघि हिमालयनले सिभिलसँग मर्जरको छलफल गरेको थियो । सिभिल बैंकका संचालक इच्छाराज तामांङ्ग र तत्कालिन सीइओ गोविन्द गुरुङ्गले ६५ प्रतिशत स्वाप रेसियो दिए हिमालयनमा विलय हुन तयार हुने अडान कसेपछि छलफल टुंगिएको थियो । हिमालयनले सो समयमा सिभिललाई ४५ पतिशत स्वाप रेसियोमा प्राप्ति गर्ने प्रस्ताव गरेको थियो ।

इन्भेष्टमेण्टसँग डिमर्जर गर्दाको कारवाहीको फन्दामा परेको हिमालयनलाई सिभिलले उच्च डिमाण्ड गर्दै स्वाप रेसियो ८५ प्रतिशतभन्दा घटीमा नजाने अडान कसेको थियो । तर हिमालयनले डिडिए रिपोर्टले ९० प्रतिशत देखाए सो नै दिने प्रतिवद्धता गरेपछि सिभिल सम्झौता गर्न तयार भएको हो । तर, डिडिए रिपोर्टमा अहिले तय भएको स्वाप रेसियोभन्दा थोरै आउनमा हिमालयन बैंकमा संचालक समिति विस्वस्त छ । २ वर्षमा व्यवसायीक ग्रोथ भएपनि ८१ प्रतिशत नै स्वाप आउने सिभिल बैंकको वित्तीय सुचांक नभएको हिमालयन बैंकका सञ्चालक बताउँछन् ।

हिमालयन बैंकसँग प्राप्ति हुने प्रस्ताव सिभिल बैंकको संचालक समितिले भने पास गरेको छैन । संचालक समितिमा हिमालयनले गरेको केही प्रस्तावमा अझै छलफल बाँकी रहेको हुँदा प्रस्ताव पास गर्न समय लागेको बैंकका एक संचालकले बताए । ती संचालकका अनुसार सो प्रस्ताव सम्झौता पत्रमा हस्ताक्षर गर्ने दिनकै बिहान बैठक बसेर पास गरिने छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई संचालक समिति र उच्च व्यवस्थापनमै स्थान नदिने शर्त सहित १००ः८१ प्रतिशत स्वाप रेसियोमा प्राप्ति गर्न तयार भएको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्