काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले गत असार २० गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आइपीओ निष्किाशन गरी बिक्री खुला गरेको छ । जसमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले आवेदन नपरेमा साउन ३ गतेसम्म बिक्री खुला गर्ने भनेपनि पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको हुँदा असार २३ गते नै बन्द गर्न लागेको हो ।
सिडिएस एण्ड क्लियरिङ्गको अनुसार ३ दिनमा कम्पनीको आइपीओमा ११ लाख बढी आवेदन परेको छ। बुधबार साँझ ५ बजेसम्ममा ११ लाख ९ हजार ७६२ जना आवेदकबाट १ अर्ब २८ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड २८ लाख ४६ हजार ९९० कित्ता सेयरको लागि आवेदन परेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्