Shikhar Insurance
National Life

दुई वर्षमा २० करोड पुँजी पुर्याउनु भन्दा लाइसेन्स फिर्ता गर्छाैः ब्रोकर

सिंहदरबार संवाददाता
२०७९ असार २१, मंगलवार २२:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुको पुँजी बढाउने र हरेक वर्ष नयाँ ब्रोकरलाई लाइसेन्स दिने गरि नियमावली संसोधन गरेपछि पुराना ब्रोकर आक्रोशित बनेका छन् । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन हाल सञ्चालनमा रहेका ब्रोकरहरुले आगामी दुई वर्षभित्र आफ्नो चुक्ता पुँजी २० करोड पुर्याउनुपर्ने व्यवस्था गरेको छ । हाल ब्रोकरहरुको चुक्ता पुँजी २ करोड रुपैयाँ रहेको छ । बोर्डले ब्रोकर लाइसेन्सको कोटा प्रणाली समेत खारेज गरिदिएको छ । अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुलाउन सकिने छ र आवेदन दिनेमध्ये योग्यता पुगेका सबैले लाइसेन्स पाउनेछन् ।

यी दुबै व्यवस्थाले पुराना ब्रोकरहरुको व्यवसाय नै बन्द हुने भन्दै आफुहरु लाइसेन्स बुझाउन तयार रहेको एक ब्रोकरले बताए । ‘व्यवसाय सबै खोसिदिने अनि दुई वर्षमा २० करोड पुँजी पुर्याउन भनेपछि हामी चल्नै सक्दैनौं, बरु लाइसेन्स लगेर बोर्डलाई नै बुझाईदिन्छौं’, स्टक ब्रोकर एसोसियसन अफ नेपालका एक पदाधिकारीले सिंहदरबारसँग भने । अहिले पास गरिएको भनिएको व्यवस्था कार्यान्वयनमा आएको खण्डमा अधिकांश ब्रोकर कम्पनीहरु बन्द हुने पनि उनले दावी गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्