Shikhar Insurance
National Life

हिमालयन र सिभिल बैंक १००:८१ मा मर्ज हुने, बुधबार समझदारीमा हस्ताक्षर

सिंहदरबार संवाददाता
२०७९ असार २१, मंगलवार २१:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा जाने सहमति भएको छ । दुबै बैंकको मर्जर कमिटीबीच १००ः८१ को स्वाप रेसियोमा मर्ज गर्ने सहमति भएको हो ।
मर्जर सम्बन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर गर्ने तयारी छ ।

‘मर्जरमा जाने सहमति भैसकेको छ, भोली एमओयुमा हस्ताक्षर हुन्छ’, बैंक उच्च श्रोतले सिंहदरबारलाई भन्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हिमालयन बैंकले करिब ४ महिनादेखि सिभिलसँग मर्जरको नेगोशिएसन गरिरहेको थियो । नेपाल इन्भेस्टमेन्ट बैंकसँग डिमर्जर गरेपछि सिभिलसग नेगोशिएसन शुरु गरेको हो । करिब २ बर्ष अघि हिमालयनले इन्भेस्टमेन्ट भन्दा पहिले सिभिल बैंकसग मर्जरको छलफल गरेको थियो ।

उक्त समयमा सिभिलले ६५ प्रतिशत स्वाप रेसियो डिमाण्ड गरेपछि हिमालयनले मर्जरको नेगोशिएसन तोडेको थियो । तर, मर्जरको प्रक्रिया रद्द गर्दा राष्ट्र बैंकको कार्वाहीमा परेको हिमालयनसग डिमाण्ड उच्च बनाउदै सिभिलले ९० प्रतिशत स्वाप रेसियो माग्दै नेगोशिएसन गरिएको थियो ।

हिमालयनले ७५ प्रतिशत प्रस्ताव गर्दा पनि सिभिलले कम्तीमा ८५ प्रतिशत भन्दै अडान लिए पछि ८१ प्रतिशतमा कुरा मिलेको हो । स्वाप रेसियोमा हिमालयनसँग कुरा नमिल्ने छनक देखेर पछिल्लो समय सिभिलले सिटिजन्स बैंकलाई मर्जरको प्रस्ताव समेत गरेको थियो । ७५ प्रतिशभन्दा माथि दिन नसक्ने अडान कसेको हिमालयन सिभिलले अर्को पाटनर खोज्न थालेपछि झुक्न तयार भएको प्रष्ट हुन्छ ।

सिभिलका साहुको उच्च डिमाण्डमा चित्त नबुझेपछि मर्जर ‘नेगोशिएसन’मा रुष्ट हुँदै हिमालयन बैंक

हिमालयनसँग नेगोशिएशनमा दरार आएपछि सिटिजन्सलाई प्रस्ताव गर्दै सिभिल

 

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्