Shikhar Insurance
National Life

फेरी दुई दिन सार्वजनिक बिदा दिने सरकारको तयारी, मन्त्रिपरिषद पुग्यो प्रस्ताव

सिंहदरबार संवाददाता
२०७९ असार २१, मंगलवार २०:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले पुनः दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेको छ । इन्धन खपतका लागि भन्दै सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक दिने निर्णय गरेको थियो । सो निर्णय अव्यवहारिक भएको भन्दै पुनः असार १ गतेबाट साविककै अवस्थामा फर्किएको सरकार अहिले फेरी आइतबार पनि बिदा दिने तयारीमा लागेको हो ।
» २ दिने बिदाको कमालः १४.७ प्रतिशतले घट्यो इन्धनको उपयोग (singhadarbar.com)

दुई दिन सार्वजनिक बिदा दिँदा इन्धन खपतमा उल्लेख्य कमी आएको भन्दै सरकार पुनः सोही निर्णय गराउने मुडमा पुगेको हो ।
सो सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको छ । श्रोतका अनुसार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले दुई दिन बिदा दिने सम्बन्धी प्रस्ताव मंगलबारको मन्त्रिपरिषद बैठकमा पेश गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री बडुले दुई दिन बिदा दिने बाहेक इन्धनमा कोटा तोक्ने लगायतका प्रस्ताव पनि लगेका छन् । साथै, इन्धनमा लाग्दै आएको कर घटाउने सम्बन्धी प्रस्ताव पनि घुमाउरो बाटोबाट मन्त्रिपरिषदमा पुनः प्रवेश गरेको छ । यस अघि सरकारले इन्धनको कर समायोजन गर्ने निर्णय गरेको थियो तर अर्थमन्त्रालयले त्यसको कार्यान्वयन रोकेको थियो । मन्त्री बडुले सो प्रस्ताव पुनः ब्युताउने गरि अर्काे पुरक प्रस्ताव लगेका हुन् ।
» दुई दिन सार्वजनिक बिदा दिने निर्णयले काम गरेन, फिर्ता लिने ‘मुड’मा सरकार (singhadarbar.com)

» ‘अर्थतन्त्रलाई नपच्ने निर्णय’ भन्दै २ दिन बिदा फिर्ता लिन सर्वत्र दबाब, शुक्रबार समीक्षा वैठक (टिप्पणीहरू) (singhadarbar.com)

» ‘२ दिने बिदा खारेज हुनुपर्छ, खासमा त शुक्रबार पनि पुरै दिन काम गर्नुपर्छ’ (singhadarbar.com)

» चौतर्फी बिरोधपछि दुई दिन बिदा दिने निर्णय फिर्ता, अबदेखि शनिबारमात्र सार्वजनिक बिदा (singhadarbar.com)

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्