Shikhar Insurance
National Life

निर्देशन विपरित १० लघुवित्तले ग्राहकसँग ब्याज असुले, बैकर भन्छन्ः ‘राष्ट्र बैंकको तथ्यांक गलत छ’

सिंहदरबार संवाददाता
२०७९ असार २१, मंगलवार १५:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत् लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जाको ब्याजदरमा १५ प्रतिशतको ‘क्याप’ लगाएको छ । त्यसयता लघुवित्त संस्थाले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैनन् ।

तर, केन्द्रीय बैंकको लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागले गरेको स्थलगत निरीक्षणमा १० वटा लघुवित्तले निर्देशन विपरित ऋणीसँग बढी ब्याजदर असुलेको भेटेको छ । लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदन २०७७/७८ अनुसार यी लघुवित्तहरुले राष्ट्र बैंकले तोकेको भन्दा करिब १ प्रतिशत नै बढी ऋणीसँग ब्याज असुलेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर, लघुवित्त बैंकरहरु भने संस्था आफ्ना ऋणीलाई बढी ब्याज असुल नगरेको दावी गर्छन् । १५ प्रतिशतको क्याप अघि लघुवित्त संस्थाहरुलाई राष्ट्र बैंकले १८ प्रतिशतमा २ प्रतिशतसम्म सेवा शुल्क जोडेर ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले गरेको सम्बन्धित सुपरिवेक्षण विभागले गरेको निरीक्षणमा औषत ब्याजदर गणना गरी प्रतिवेदन तयार पारिएको हुँदा सो तथ्यांक वास्तविक नभएको नेपाल लघुवित्त वित्तीय संस्था बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले बताए ।

‘बढी ब्याज लिने संस्थामा लक्ष्मी लघुवित्त पनि परेको रहेछ, तर हामीले कुनै पनि ग्राहकलाई १५ प्रतिशतभन्दा बढी ब्याज लिएका छैनौं,’ संघका अध्यक्ष शर्माले सिंहदरबारसँग भने, ‘निरीक्षण भएको आवमा निर्धारित ब्याजदरलाई औषतमा गणना गर्दा १५ प्रतिशतमाथि गएको हो वा त्यो टेकनिकल इरोर पनि हुन सक्छ ।’

लघुवित्तहरुले वाणिज्य बैंकहरुसँगसापटी लिएर ग्रामिण भेगका आफ्ना ग्राहकलाई कर्जा दिँदा नाफाभन्दा उद्यमशीलता विकासमा वित्तीय सहयोग गर्ने उदेश्यले दिने हुँदा कुनै पनि लवघुवित्तले बढी ब्याज नलिएको उनको भनाई छ । लघुवित्त बैंकहरुहरुले वाणिज्य बैंकहरुको बेसरेट नै १० प्रतिशतमाथि पुगेको भन्दै आफुहरुलाई लगाइएको १५ प्रतिशतको क्याप हटाउन राष्ट्र बैंकसँग माग गर्दै आएका छन् भने आगामी मौद्रिक नीतिमा समेत संघले लघुवित्त संस्थाहरुमा बेसरेट नीति लागू गर्न सुझाव दिइसकेका छन् ।

राष्ट्र बैंकले तोकेको १५ प्रतिशत भन्दा बढी ब्याजदर ग्राहकसँग असुल्ने १० वटा लघुवित्तमा डिप्रोक्स लघुवित्तले १५.६७ प्रतिशत, मिथिला लघुवित्तले १५.४८ प्रतिशत, फरवड लघुवित्तले १५.२४ प्रतिशत, लक्ष्मी लघुवित्तले १५.१८ प्रतिशत, सुर्योदय लघुवित्तले १५.१४ प्रतिशत, मानुषीले १५.४० प्रतिशत, युनिक लघुवित्तले १५.१० प्रतिशत, सामुदायिकले १५.०८ प्रतिशत, बुद्ध ज्योतीले १५.०१त्त प्रतिशत र नेष्डो लघुवित्तले १५.०१ प्रतिशत ब्याजदर कर्जाका ग्राहकलाई लिएका थिए ।

लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरीएको एकीकृत निर्देशन, २०७७ अनुसार संस्थाहरुले आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशतसम्म निर्धारण गर्न सक्ने व्यवस्था छ । तर, आव.२०७७/७८ मा लघुवित्त संस्थाहरुकोे औषत व्याजदर प्रतिशत १५ प्रतिशतभन्दा बढी रहेको सो प्रतिवेदनले देखाएको छ ।

अघिल्लो आवको बक्यौता रकमको असुली गरी आव २०७७/७८ को ब्याज आम्दानीमा गणना गरिएको तथा निर्देशन कार्यान्वयनमा ढिलाईका कारण संस्थाहरुको कर्जामा औषत ब्याजदर १५ प्रतिशत भन्दा बढी देखिएको राष्ट्र बैंकको निश्कर्ष छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्