Shikhar Insurance
National Life

ठमेल पर्यटन विकास परिषदमा शर्मा प्यानलको उम्मेदवारी घोषणा

सिंहदरबार संवाददाता
२०७९ असार २०, सोमबार १६:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । ठमेल पर्यटन विकास परिषदको नेतृत्वका लागि भविश्वर शर्माको प्यानल घोषणा भएको छ । उनले आफु अध्यक्ष रहने गरि सहदेव धमला उपाध्यक्ष र बद्रि तिमल्सिना महासचिव रहेको टिम घोषणा गरेका हुन् ।

शर्माले बाँकी पदाधिकारी तथा सदस्यहरु भने केहि पछि सल्लाह गरेर टुंगो लगाउने बताएका छन् । ठमेललाई मर्यादित, सुरक्षित र व्यवसायीक पर्यटकिय नगरी बनाउने अठोटसहित आफु अध्यक्ष बन्न लागेको उनले बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शर्माको समुहलाई नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीको समर्थन रहेको छ । उनले ठमेललाई बिशेष पर्यटकिय क्षेत्र घोषणा गराउने, व्यवस्थित पार्किङ, पर्यटन व्यवसायी कार्ड, घरभेटी–व्यवसायी सम्बन्ध लगायतका १८ बुँदे एजेण्डा समेत अघि सारेका छन् ।

आफु लामो समयदेखि ठमेलमा व्यवसाय गर्दै आएको र व्यवसायीहरुको सुःख, दुःखमा साथ दिएकाले जित पक्का रहेका पनि उनले दावी गरे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्