काठमाडौं । रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैँडाटारमा पनि एम्बुलेन्स सेवा पुगेको छ । संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काको पहलमा नेपाल–भारत सहयोग अन्तर्गत गैँडाटारमा एम्बुलेन्स पुगेको हो । अब सो एम्बुलेन्स शहरी स्वास्थ्य केन्द्र गैँडाटार मार्फत सञ्चालन हुनेछ ।
एम्बुलेन्स प्राप्तिका लागि अनिता लामा, हिरा मोक्तान र भुपाल जिम्बाले बिशेष भूमिका खेलेका थिए । उनीहरुले वडा अध्यक्ष रवि देवकोटा मार्फत माग पत्र भराएर नगरपालिकाको सिफारिसहित केन्द्रमा पठाएका थिए । एकिकृत समाजवादी पार्टीकी नेतृ समेत रहेकी विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले केन्द्रमा पहल गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्