Shikhar Insurance
National Life

बजेट लेख्न मध्यरातमा आउने सुब्बा र सीएको सीसीटीभी फुटेज मेटिईसक्योः अर्थमन्त्रालय

सिंहदरबार संवाददाता
२०७९ असार १९, आईतवार १७:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । बजेट निर्माणको समयको सीसीटीभी फुटेट आफुसँग नभएको अर्थमन्त्रालयले स्पष्ट पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनियमितत गरेको आरोप लागेपछि उपभोक्ता हित संरक्षण मञ्च जेठ १४ गते साँझ ६ बजेदेखि भोलिपल्ट जेठ १५ गते बिहान ६ बजेसम्मको सीसीटिभी फुटेज मागेको थियो ।

तर, मन्त्रालयले नियमित रुपमा सीसीटिभी फुटेज १३ दिन पछि अभिलेख स्वत मेटिने जवाफ दिएको छ । बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रीले आफ्नो कार्यकक्षमा छिर्न दिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चका सचिव जय प्रसाद पौडेलले अर्थमन्त्रालयमा उक्त दिनको सीसीटिभी फुटेज माग गरेका थिए । तर, मन्त्रालयले भने सीसीटिभीको क्षमता र जडान भएको क्यामेरा को आधारमा १३ दिन पछि क्रमश फटेज मेटिँदै जाने जवाफ मञ्चलाई दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्