Shikhar Insurance
National Life

एनआइसी एशियाको मुद्दति खातामा पैसा राखे १० गुणा फिर्ता, निक्षेपको ८० प्रतिशत कर्जा पाइने

सिंहदरबार संवाददाता
२०७९ असार १६, बिहीबार १०:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआइसी एशिया बैंकले मुद्दति निक्षेपका ग्राहकलाई १० गुणासम्म रकम फिर्ता गर्ने घोषणा गरेको छ । बैंकले व्यक्तिगत, संस्थागत र रेमिन्टास मुद्दति खातामा डबल देखि १० गुणा निक्षेप रकम फिर्ता दिने योजना सार्वजनिक गरेको हो ।

बैंकले यही असार १२ गते देखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहक लक्षित गरि ल्याइएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ता महानुभावहरुले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार डबल देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ता महानुभावहरुले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्