काठमाडौं । उच्च अदालत पाटनको बारमा एकिकृत समाजवादी र एमालेबीच गठबन्धन हुने भएको छ । असार २५ गते हुने उच्च अदालत पाटन, बारको निर्वाचनमा एकिकृत समाजवादी र एमाले निकट वकिलहरुले गठबन्धन गर्ने समझदारी गरेका हुन् ।
समझदारी अनुसार दुबै संगठनबीच पदको बाडफाँट समेत भैसकेको छ । अध्यक्षसहित १४ पद एमाले निकट वकिलहरुले पाउनेछन् भने उपाध्यक्ष र सहसचिवसहित ५ पद एकिकृत समाजवादी निकट वकिलहरुले पाउनेछन् ।
उच्च अदालत पाटन बारमा एमाले पहिलो र एकिकृत समाजवादी दोश्रो शक्तिका रुपमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्