काठमाडौं । भाईरल मन्त्रीको छवि बनाएका पर्यटन मन्त्री प्रेम आलेले राजिनामा गरेका छन् । मन्त्रीहरुलाई फिर्ता बोलाउने पार्टी निर्णय कार्यान्वयन गर्न भन्दै मन्त्री आलेले राजिनामा गरेका हुन् । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको शुचि पठाएको थियो । सोही निर्णयलाई पार्टी केन्द्रिय कमिटी बैठकले अनुमोदन गरेपछि आलेले पार्टी निर्णय कार्यान्वयन गर्छु भनेका थिए । आलेले पार्टी अध्यक्ष माधब नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।
प्रतिक्रिया दिनुहोस्