Shikhar Insurance
National Life

विराटनगर महानगरपालिकाद्वारा ३ अर्ब ६२ करोड रुपैयाँ बजेट प्रस्तुत

सिंहदरबार संवाददाता
२०७९ असार १०, शुक्रबार १८:५५
Hyundai
NCELL
NIMB

मोरङ । विराटनगर महानगरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ ।

आगामी आर्थिक वर्षमा कूल ३ अर्ब ६२ करोड ५५ लाख ६७ रुपैयाँ व्यय हुने अनुमान गरिएको छ । सो व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ५५ करोड ३५ लाख ५० हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड ७१ लाख १७ हजार रुपैयाँ, आर्थिक विकासतर्फ २७ करोड ७३ लाख रुपैयाँ, सामाजिक विकासतर्फ ७८ करोड ३९ लाख रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७ करोड ७७ लाख रुपैयाँ र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ६० लाख रुपैयाँ खर्च हुने बजेटमा अनुमान गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महानगर उपप्रमुख शिल्पा निराला कार्कीले वाचन गरेका बजेटमा आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनामा वडास्तरीय आयोजनामा ४१ करोड ६८ लाख १७ हजार रुपैयाँ, नगरस्तरीय आयोजनाका लागि ३० करोड रुपैयाँ, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड रुपैयाँ, क्रमागत योजनाको भुक्तानीका लागि ४० करोड रुपैयाँ, आरयुडिपीबाट निर्माण भएकालगायतका कालोपत्र सडकसमेत गरी मर्मतसम्भारमा १४ करोड रुपैयाँ, अन्य पूर्वाधारतर्फ ९ करोड ८० लाख रुपैयाँ, फोहर पानी प्रशोधन केन्द्रका लागि २ करोड ५० लाख रुपैयाँ र समपूरक कोषमा ४ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ १ अर्ब २१ करोड ८५ लाख रुपैयाँ र प्रदेश सरकारतर्फ ४ करोड ९१ लाख ९७ हजार रुपैयाँ, राजस्व बाँडफाँट १ अर्ब १३ करोड ९९ लाख ७० हजार रुपैयाँ, आन्तरिक आय १ अर्ब रुपैयाँ, जनसहभागिता ८ करोड रुपैयाँ, अन्य अनुदान तथा ऋण १० करोड १९ लाख रुपैयाँ र अन्य सङ्घसंस्था ३ करोड ६० लाख रुपैयाँ हुने बजेटमा अनुमान गरिएको छ ।

नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट महानगरको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय नतिजा हासिल हुने विश्वास व्यक्त गरिएको छ ।

मध्यकालीन खर्च संरचना

त्रिवर्षीय मध्यकालीन खर्च संरचनाअनुरुप आव २०८०/८१ का लागि ३ अर्ब ९८ करोड ८१ लाख २३ हजार रुपैयाँ र आव २०८१/८२ का लागि ४ अर्ब ३८ करोड ६९ लाख ३६ हजार रुपैयाँ आय तथा व्ययको अनुमान उपप्रमुख कार्कीले बजेटमा वाचन गरेका हुन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्