Shikhar Insurance
National Life

कामपाले ल्यायो आगामी आवका लागि चालुको भन्दा ७ अर्ब रुपैयाँ बढीको बजेट

सिंहदरबार संवाददाता
२०७९ असार १०, शुक्रबार १८:१४
Hyundai
NCELL
NIMB

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उक्त बजेट चालु आवको भन्दा ७ अर्ब रुपैयाँ बढी हो । कामपाको उपप्रमुख सुनिता डङ्गोलले आज नगरसभामा उक्त रकम बराबरको बजेट प्रस्ताव गरेकी हुन् ।

कामपाले चालु आवका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको थियो । जसमा सबैभन्दा धेरै भौतिक पूर्वाधारको क्षेत्रमा १० अर्ब ८० करोड रुपैयाँ बजेट पारित भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आगामी आवका लागि पनि चालु आवको जस्तै पूर्वाधार विकासका लागि सबैभन्दा धरै ११ अर्ब आठ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । नगरसभामा उपप्रमुख डङ्गोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड रुपैयाँ बजेट प्रस्ताव गरेको जानकारी दिइन । यो कूल बजेटको २० प्रतिशत हो ।

यस्तै, आर्थिक विकास कार्यक्रमका लागि कूल बजेटको २.२४ प्रतिशतले हुन आउने ५० करोड २१ लाख २४ हजार रुपैयाँ समेत विनियोजन गरिएको उपप्रमुख डङ्गोलले बताइन् ।

स्रोत व्यवस्थापनतर्फ भने महानगरको सञ्चितकोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४१ हजार रुपैयाँ बाहेक सङ्घीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँट र जग्गा एकीकरण आयोजनाहरूबाट प्राप्त हुने महानगरले जनाएको छ ।

यस्तो आम्दानी सञ्चित कोषबाहेक ३ अर्ब पाँच करोड एक लाख ४७ हजार रुपैयाँ रहने छ । संवैधानिक व्यवस्थाअनुसार कामपाले यही असार ८ गते नीति तथा कार्यक्रम पारित गरेको थियो भने सोहीअनुसार आज बजेट नगरसभामा प्रस्तुत गरेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्