काठमाडौं । नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् ।
नेपाल पर्वतारोहण संघका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफु पुनः प्रधानमन्त्री बनेर देशको मुहार फेर्ने चाहना रहेको बताएका हुन् ।
‘अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छ, किनकी मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति ।’
प्रतिक्रिया दिनुहोस्