काठमाडौं । १० दिन नेपाल धितोपत्र बोर्ड अगाडि अनसन बसेका लगानीकर्ता तिलक कोइरालाले अब पुँजीबजारको विषयलाई लिएर आन्दोलन गर्नु नपर्ने बताएका छन् । बोर्ड अध्यक्ष हमालको हातबाट जुस पिएर अनसन तोडेका कोइरालाले यो आफ्नो नभएर नेपालका सबै लगानीकर्ताको जीत भएको बताए ।
“यो पुँजीबजारको जीत हो, धितोपत्र बोर्डको जीत हो, नेपाल सरकारकै जीत हो,” उनले भने । त्यसैले यसलाई एतिहासिक कदमको रुपमा लिएर अब लगानीकर्ताहरुले कहिल्यै पनि आन्दोलन गर्नु पर्दैन भन्ने विश्वास आफूले लिएको बताए । “जुन कुराहरु लगानीकर्ताबाट उठ्छन् त्यो बोर्डले समयमै सम्बोधन गर्ने विश्वास लिएको छु,” उनले थपे ।
बोर्ड अध्यक्ष हमालले लगानीकर्ताको उल्लेखित मागसँगै सुधारका थप पनि जारी राख्ने बताए ।
प्रतिक्रिया दिनुहोस्