Shikhar Insurance
National Life

एनएमबि बैंकका ग्राहकहरुले भाटभटेनीमा किनमेल गर्दा छुटैछुट पाउने

सिंहदरबार संवाददाता
२०७९ असार १०, शुक्रबार ११:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकका ग्राहकलाई धनगढीको भाटभटेनीमा किनमेल गरी ई–एनएमबि(ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकहरूले १०% वा रु.५०० सम्म क्यासब्याक पाउने भएका छन् । बैंक र भाटभटेनीबीच यस्तो साझेदारी गरिएको हो ।

यो योजना २६ जुन, २०२२ देखि सिमित अवधिको लागी सुदुरपश्चिमको धनगढी भाटभटेनीमा सञ्चालन हुँदैछ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको हो । यो अभियान मुख्यतया प्रदेश ७, धनगढीमा एनएमबि ग्राहकहरुलाई लक्षित गरी ल्याइएको हो । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्