Shikhar Insurance
National Life

१३ पैसाले सस्तियो डलर

सिंहदरबार संवाददाता
२०७९ असार १०, शुक्रबार १२:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककाे एक्स्चेन्ज रेट अनुसार अमेरीकी डलर भाउ १३ पैसाले घटेको हो ।

शुक्रबारको विनिमय दर अनुसार राष्ट्र बैंकबाट सर्वसाधारणले १ अमेरिकी डलर खरिद गर्दा १२५ रुपैयाँ ५९ पैसा तिर्नुपर्छ यो दर अघिल्लो दिनको भन्दा १३ पैसाले कम हो । अघिल्लो दिनको बिक्री दर १२५ रुपैयाँ ७२ पैसा थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै बैंकले सर्वसाधारणबाट १ अमेरिकी डलर १२४ रुपैयाँ ९९ पैसामा खरिद गर्नेछ । अघिल्लो दिनको तुलनामा यो १३ पैसाले घटेको हो ।

यो विनिमय दर वाणिज्य बैंक तथा मुद्रा सटही गर्ने अनुमति पाएका अन्य कम्पनी भन्दा फरक हुनसक्छ । ती कम्पनीहरुले आफैं विनिमयदर तोक्छन् ।

केन्द्रीय बैंकका अनुसार युरोको खरिद दर १३१ रुपैयाँ ४८ पैसा रहेको छ भने विक्रिदर १३२ रुपैयाँ ११ पैसा रहेको छ । अघिल्लो दिन खरिद दर १३१ रुपैयाँ ६३ पैसा थियो । भने विक्रिदर १३२ रुपैयाँ २६ पैसा थियो । अघिललो दिनको तुलनामा खरिददर १५ पैसा र विक्रि दर पनि १५ पैसाले घटेको हो ।

यस्तै पाउन्ड स्टर्लिङको विक्रिदर १५३ रुपैयाँ ३१ पैसा र खरिददर १५२ रुपैयाँ ५८ पैसा छ । अघिल्लो दिन विक्रिदर १५४ रुपैयाँ १ पैसा थियो ।

रुवीस फ्यांकको विक्रिदर १३० रुपैयाँ ७ पैसा, अस्ट्रेलियन डलरको ८६ रुपैयाँ ६० पैसा, क्यानेडियन डलरको ९६ रुपैयाँ ८८ पैसा र सिंगापुरडलरको ९० रुपैयाँ ३४ पैसा छ । शुक्रबार दर अनुसार १० जाापानी येन बराबर ९ रुपैयाँ २४ पैसा नेपाली छ ।

यस्तो छ शुक्रबारको विनिमय दरः

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्