Shikhar Insurance
National Life

१९ बुँदे माग कार्यान्वयन समितिमा राधा–तुल्सी–उत्तम र मुक्ति–विनय

सिंहदरबार संवाददाता
२०७९ असार ८, बुधबार १६:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । आन्दोलनरत लगानीकर्तासहित अनसन बसेका तिलक कोइरालाको १९ बुँदे माग कार्यान्वयनमा लगानीकर्ताको तर्फबाट राधा पोखरेल, तुल्सी ढकाल र उत्तम अर्याल तथा नेपाल धितोपत्र बोर्डका तर्फबाट निमित्त कार्यकारी निर्देशकद्वय मुक्तिराज श्रेष्ठ र विनयदेव आचार्य रहने भएका छन् ।

समितिमा बाँकी २ जना तिलक कोइरालाले चयन गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अनसन बसेका कोइरालाले बोर्डका अध्यक्ष रमेश हमालसामु मागको कार्यान्वयनको दिन तोकेर समिती खडा नगर्दा सम्म अनसन नतोड्ने बताएका थिए ।

कोइरालाको तर्फबाट ज्ञापन पत्र बोकेर ३ जना लगानीकर्ता गएका थिए । त्यसपछि अध्यक्ष हमाल कोइराला सामु आएका थिए ।

कोइरालाले पनि आफू अनसन तोड्न सकारात्मक रहेको बताए ।

सम्पादकको नोटः यसअघि समितिमा अम्बिका पौडेल र विष्णु बस्याल रहने बताइएको थियो । पौडेल र बस्याल नबस्ने भएपछि समितिमा पोखरेल र अर्याल रहने भएका हुन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्