Shikhar Insurance
National Life

यो आन्दोलन र अनसन सेयर बढाउनका लागि मात्र हो भन्ने को हो ?

सिंहदरबार संवाददाता
२०७९ असार ८, बुधबार १५:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर अनसन बसेका साथ दिन  परिसरमा सेयर लगानीकर्ताको आन्दोलनलाई साथ दिन पुगेका छन् । त्यहाँ पुगेर उनले आठौं दिनसम्म अनसन बसेका तिलक कोईरालालाई भेटेर आफ्ना तर्फबाट पूर्ण साथ र सहयोग रहेको बताए ।

उनले भने, “आम व्यक्तिहरुले बुझेझैँ नेप्से घटाउन र बढाउन मात्र नभई यो आन्दोलन नीतिगत सुधारको लागि गरिएको हो ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

शाहले पुँजी बजारलाई बलियो बनाउन सबै मिलेर लाग्नुपर्ने बताए । उनले अर्थमन्त्रालय, राष्ट्र बैंकलगायतका पुँजी बजार सम्बन्धि नियामक निकायले लगानीकर्ताको जायज मागलाई सम्बोधन गर्न छलफलमा बोलाउनु पर्ने पनि जिकिर गरे ।

उनले सेयर बजारले समग्र देशको विकासमै महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । बाहिर हल्ला चलेको जस्तो सेयरबजार बढाउनका लागि लगानीकर्ताको आन्दोलन नरहेको पनि बताउँदै नेप्से घट्यो/बढ्यो भन्दा पनि सेयर लगानीकर्ताले किन आत्तिएर सेयर बेचे ? भन्ने कुरालाई नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय वार्तामा बसेर निश्कर्ष दिनुपने दाबी शाहले गरे ।

सेयर बजारको विकासबाट मात्र समग्र देशको विकास गर्न सकिने र हाईड्रोपावर धेरै बन्नु पनि सेयर बजारको ठूलो हात रहेको बताए । उनले भने, “सरकारले मात्रै बनाउने हो भने अहिलेसम्म पनि नेपालीहरु लोडसेडिङमा नै बस्नुपर्ने अवस्था रहन्थो ।”

लगानीकर्ताहरुले आफ्नो हितको लागि सरकारको ध्यानाकर्षण गराउँदा सरकारले वास्तै नगर्नु अमानवीय व्यवहार भएको र लगानीकर्ताको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्